Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नगरपालिकाले खोज्दै छ लगानीको सम्भाब्य क्षेत्र

Author Avatar साझा न्यूज 29th October 2025 , 3:56 PM
नगरपालिकाले खोज्दै छ लगानीको सम्भाब्य क्षेत्र

रेसुङ्गा (गुल्मी), कात्तिक १२ गते। रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा लगानीका सम्भाब्य क्षेत्र पहिचान गर्नेसम्बन्धि विभिन्न बिधाका बिशिस्ट ब्यक्तित्वहरुसँग अन्तरक्रिया जारी राखेको छ । गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले लगानीका सम्भाब्य क्षेत्र पहिचान, लगानी र चुनौतीका बिषयमा छलफल जारी रहेको छ ।

नगरले मान्छेलेलाई केन्द्रमा राखेर गरेको सडक बिस्तार, रेसुङ्गा बहुमुखी क्याम्पसको सहयोग, गुल्मी अस्पतालमा जनशक्ति व्यवस्थापन गरेर सेवा बिस्तारमा सहयोग, ‘जाउँ हिड रेसुङ्गा’ अभियान अन्तर्गत निकै उदाहरणीय काम गरेको खनालले बताउनुभयो । उहाँले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्न आग्रह गरिएको बताउनुभयो ।

आज लगानीको आवश्यकता पर्यटन क्षेत्र भएको खनालले बताउनुभयो । कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थी र माल्टाका अध्यक्ष रेमलाल खनाललाई नगरपालिकाले सम्मान गरेको छ । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले लगानीका बिषयमा दुई–तीन पटक छलफल गरे पनि निष्कर्ष  अझै नआएको जानकारी दिनुभयो ।

उहाँले पर्यटन क्षेत्रसहित होटल र कृषिमा लगानी साझेदार गर्न आफूहरु तयार रहेको बताउनुभयो । एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थीले आफू मातृभूमिमा लगानी गर्न आतुर भएकाले क्षेत्र र वातावरण हेरेर काममा जोडिने बताउनुभयो। एनआरएन माल्टाका अध्यक्ष रेमलाल खनालले रेसुङ्गालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र होटल व्यवसायमा लगानी गर्न आवश्यक रहेकाले आफूले सकेको लगानी सहयोग गर्ने बताउनुभयो ।

रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष श्रीप्रसाद भलामीले लगानी सम्भाब्यका बिषयमा छलफल र बिचारबिमर्श भए पनि देशमा लगानीको सुरक्षा नहुँदा उर्जा भर्न नसकिएको बताउनुभयो । उहाँले रेसुङ्गाबारे प्रचार गर्न सकेमात्र समृद्धिको आधार तयार हुने बताउनुभयो । धार्मिक पर्यटनलाई बिबिधिकरण गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

नगरभित्र व्यवसाय गर्न सबैभन्दा ठुलो चुनौती जग्गा प्राप्ति भएकाले नगरपालिकाले लामो समय लिजमा पाउने गरेर सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले धार्मिक पर्यटन अबको लगानीको सम्भावना भएको बताउनुभयो । आफूहरुले रेसुङ्गाको विकास र प्रचारको लागि थुप्रै गतिविधि गरे पनि पर्याप्त नभएको बताउँदै सबैको सहयोग आवश्यक रहेको भुसालले बताउनुभयो ।

विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुले नीतिगत समस्याको समाधानसहित ठोस कार्ययोजना आवश्यक रहेको बताउनुभयो । रेसुङ्गालाई समय सापेक्ष हाम्रो सोच र योजना परिवर्तन गरेर शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउनु पर्नेमा जोड दिनुभयो । रेसुङ्गाको प्रचार प्रसार नभएको भन्दा पनि गुल्मेलीको साझा बुझाइमा एकरुपता नहुनु दुःखद भएको माओवादी केन्द्रका नेता बुद्धि जिसिले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले देश जटिल अबस्थामा हामीले आफ्नो ढङ्गबाट ठोस योजना बनाउन अहिलेको छलफल आयोजना गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट लगानी गर्नेहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्ने बताउँदै ढुक्क भएर योजना अगाडि सार्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज