विनोद अधिकारी
साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि अयोध्यालाल श्रीवास्तवलाई मातृशोक परेका छ । श्रीवास्तवकी आमा रतन कुमारी श्रीवास्तवको ८२ वर्षको उमेरमा विहिवार आफनै घरमा असामयिक निधन भएको परिवार स्रोतले जनाएको छ ।
रतन कुमारी लामो समयदेखि विभिन्न रोगबाट पीडित रहेकी थिइन् । स्वर्गाय रतन कुमारीको पार्थिव शरिरलाई शुक्रवार दिउसो वुद्घभुमि–१० विजगौरीघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।
आमाको निधनले श्रीवास्तव परिवार मात्र नभई नेपाली कांग्रेस परिवारलाई समेत गहिरो दुःख पुगेको छ ।
शोकसन्तप्त परिवारजनलाई सान्त्वना प्रकट गर्न पूर्व शंघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् लुम्विनी प्रदेश नेपाली कागं्रसका महामन्त्री सुरन्द्रराज आचायृ,प्रदेश सभा सदस्य सुधाकर पाण्डे,पुर्व एसएसपी तथा नेपाली काग्रेसका प्रभावशाली नेता विक्रमसिह थापा ,नेपाली काग्रेसका युवा नेता आशिष शर्मा लगायतका नेताहरु श्रीवास्तव निवास पुगेका थिए ।
उनीहरुले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गरेका छन् ।
यसै गरि यशाेधरा गाउपालिका वडा नं २ का वडा अध्यक्ष मनाेज कुमार चाैबे, युवा समाजसेवी गिरिजेश पाण्डेय र गाेपाल भण्डारी समेत नेता श्रीवास्तवकाे घर पुगि शाेक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
















































