Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

Author Avatar साझा न्यूज 11th November 2025 , 2:32 PM
सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

कपिलवस्तुमा मल नपाएर कृषकहरू छटपटाइरहेका छन्। मल चाहिने बेलामा जहिले पनि जिल्लामा मलको अभाव रहन्छ। तर तस्करहरूलाई भने यही अभावको फाइदा उठाउँदै भारतीयबाट मल तस्करी गर्ने गरेका छन्।

मंगलबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ स्थित सीमा प्रहरी मर्यादपुर कार्यालयको डेढ सय मिटर पश्चिम तिर मयौदपरेको हणहवाबाद भन्ने स्थानमा २ सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ। रातभर भारतबाट ढुवानी गरी नेपाल तर्फ रहेको बगैचामा राखिएको अवस्थामा सूठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बिओपी डंगरीको संयुक्त टोलीले सो मल बरामद गरेका हुन्।

विशेष सूचनाका आधारमा सशस्त्र र भन्सारको संयुक्त टोलीले छोपेर राखिएको अवस्थामा सो मल बरामद गरिएको भन्सार प्रमुख किरण बिष्टले बताए। दशगजा क्षेत्रको सय मिटर नेपाल तर्फ सो मल राखिएको अवस्थामा बरामद भएको उनले बताए। बरामद मललाई सूठौली भन्सार कार्यालय ल्याइएको छ। बरामद मल मर्यादपुर प्रहरी देखि डेढ सय मिटर भित्र रहेको छ।

यसरी प्रहरीको मुखैबाट मल तस्करी हुँदा समेत मर्यादपुर प्रहरीले भने केही नगरेको स्थानीयको गुनासो छ। भारत तर्फ ३ सय भारतीय मूल्यमा पाइने सो मल जिल्लामा भने प्रति बोरा २ हजार देखि २ हजार पाँच सयमा कृषकहरूले किन्ने गरेका छन्। मल तस्करी मर्यादपुर मात्र होइन हथिहवा दोहनी, देखि बिजय नगर सम्म पर्ने एक दर्जन नाकाहरूमा समेत हुने गरेको स्रोतको भनाइ छ।

किसानहरूको राहतका लागि नेपाल र सशस्त्र प्रहरीले एक दुई बोरा मल ल्याउनेलाई रियायत दिने गरेको छ। तर तस्करहरूले भने सेटिङमै मल भित्र्याउने गरेको व्यापारीहरू बताउँछन्। भारतको मल साइकल र मोटरसाइकलमा भित्र्याइ नेपाल तर्फ गोदाम गरी राख्ने गरिएको छ। यहाँ भित्र्याइएको मल कपिलवस्तु र अन्य जिल्लामा समेत तस्करहरूले पठाउने गरेका छन्। युरिया मल कृष्णनगर देखि चन्द्रौटा क्षेत्रमा रहेको आधा दर्जन बढी प्लाइउड उद्योगमा समेत लगेर बेच्ने गरिएको कृषकहरू बताउँछन्।

प्लाइउड उद्योगमा गम बनाउन युरियाको प्रयोग गर्ने गरिन्छ। कपिलवस्तु नगरपालिकाका बरन्डीहवा कृषक राका यादवले मल नपाउँदा आफूहरूले चर्को मूल्य तिरेर मल किन्न बाध्य रहेको बताए। अनुदान वा भारतीय मल दुवै नै आफूहरूले तेब्बर बढी मूल्य तिरेर किन्नु परेको बताए। प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले तस्करी नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको बताए। उनले ९३ किलो मिटर सीमा नाका भएकाले खुला सीमाका कारण सीमा निगरानी चुनौतीपूर्ण रहेको बताए। सबै युनिटलाई नाकामा थप निगरानी बढाउन निर्देशन गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज