Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँसगढीमा प्राङ्गारिक मल कारखाना बन्दै

Author Avatar साझा न्यूज 13th November 2025 , 2:28 PM
बाँसगढीमा प्राङ्गारिक मल कारखाना बन्दै

गुलरिया (बर्दिया), कात्तिक २७ गते । देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।

आगामी वैशाखदेखि प्राङ्गारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको हो । बाँसगढी नगरपालिका–४, मदाहानजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधीन रहेको छ ।

नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरी जम्मा चार करोड रुपियाँको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको छ । २०८१ फागुनदेखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिनासम्म निर्माण सम्पन्न हुने छ ।

आगामी वैशाखदेखि उत्पादन सुरु गरी धान र मकैको सिजनमा कृषकलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताउनुभयो । नगरपालिकाभित्र कृषकलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरू छिमेकी नगरपालिकामा पनि बिक्री गर्ने उहाँले बताउनुभयो ।

कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना रहेको छ । थप कच्चा पदार्थका लागि विभिन्न सामूदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगर प्रमुख खड्काले बताउनुभयो । कारखाना सञ्चालनपछि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा युवाहरूले रोजगारी पाउने छन् ।

घरगाउँमा खेर गइरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात सङ्कलन गरेर कारखानामा बिक्री गरेर पनि नगरवासी स्वरोजगार बन्ने छन् । बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि सङ्कलन गरेर कारखानामा खपत गरिने उहाँले बताउनुभयो ।

कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरवासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाइएको छ । “सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ ।” नगर प्रमुख खड्काले भन्नुभयो, “कार्यविधि बनाएर व्यवस्थित रूपमा कारखाना चलाउने योजना रहेको छ ।” सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ ।

प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरि मलको अभाव नहुने र नगरवासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका-४, मदाहाका भगवती थारूले बताउनुभयो । “लामो समयपछि नगरपालिकाले राम्रो काम गरेको छ ।” उहाँले भन्नुभयो, “अब नगरपालिका आग्र्यानिक कृषि खेतीतर्फ अगाडि बढ्छकि भन्ने आशा जागेको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज