Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान १७ औँ पटक सञ्चालन हुदै

Author Avatar साझा न्यूज 16th November 2025 , 12:09 PM
हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान १७ औँ पटक सञ्चालन हुदै

कपिलवस्तु । हात्तीपाइले रोग नियन्त्रणका उद्देश्यले कपिलवस्तुमा सञ्चालन हुँदै आएको आम औषधि सेवन अभियान यस वर्ष १७ औँ पटक सञ्चालन हुने भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय कपिलवस्तु तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको आयोजनामा तौलिहवामा सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
महाशाखाका रामकुमार महतोले हात्तीपाइले रोगको प्रकृति, संक्रमण विधि तथा औषधि सेवन अभियानको आवश्यकता विषयक विस्तृत प्रस्तुतीकरण गर्नु भएको थियो ।
नेपालमा क्युलेक्स प्रजातिको लामखुट्टेमार्फत सारिने परजीवीका कारण हात्तीपाइले रोग फैलिने गर्दछ । धेरै संक्रमितमा लक्षण नदेखिने भए पनि केहीमा हात, खुट्टा, अन्डकोष तथा अन्य अङ्गहरू सुन्ने जस्ता समस्या देखापर्ने महतोले जानकारी दिनुभयो । नेपालमा यो रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सन् २००३ देखि सञ्चालनमा आएको हो ।
कपिलवस्तुमा विगत १६ वर्षदेखि अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा प्रत्येक १ हजार जना मध्ये चार जनामा हात्तीपाइलेको संक्रमण पाइने तथ्यांकले देखाएको छ ।
जिल्लाका कृष्णनगर, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन पालिकामा समुदायस्तरमा पुनः संक्रमण देखिएपछि आगामी मंसिर ७ गतेदेखि सो पालिकाहरूमा आम औषधि सेवन अभियान सञ्चालन हुने भएको छ ।
अभियानबारे जानकारी दिँदै प्रमुख ढकालले औषधि सेवनलाई पूर्ण रूपले सफल बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जनस्तरमा सचेतना वृद्धि गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सार्वजनिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा सूचना र तथ्यका आधारमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अभियान सफल बनाउन महासङ्घ र सञ्चारकर्मीहरूको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज