Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अछामको मल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी, सेवा प्रवाहमा समस्या

Author Avatar साझा न्यूज 20th November 2025 , 10:36 AM
अछामको मल्लेख गाउँपालिकाले हटायो ४८ जना करार कर्मचारी, सेवा प्रवाहमा समस्या

कञ्चनपुर, मङ्सिर ४ गते । अछामको मल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

मल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार, कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उहाँले बताउनुभयो ।

मल्लेख गाउँपालिकामा करारमा कार्यरत रेडियोग्राफर एक जना, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो ।

अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएपछि सेवा प्रभावहमा जटिलता थपिएको जनाइएको छ । कर्मचारी अपुग भएपछि कार्यालयका नियमित कामकाज प्रभावित बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो । उहाँका अनुसार, हाल आँखा उपचार केन्द्र बन्द भएको छ भने, मेडिकल अधिकृत नहुँदा अहिले एक जना अहेबको भरमा सेवा सुचारु भइरहेको छ ।

“कर्मचारी अपुग त भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘सरकारको नीति नमानौँ भने पनि भएन, सेवा प्रवाहमा भने समस्या भएको छ ।”

अहिले कार्यालयको सरसफाइमा समेत समस्या भएको उहाँले बताउनुभयो । खाली दरबन्दीहरूको प्रक्रिया पुर्याएर परीक्षाको माध्यमबाट आवश्यक कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज