Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भ्राका गुम्बा संरक्षणमा सक्रियता बढ्यो

Author Avatar साझा न्यूज 20th November 2025 , 11:13 AM
भ्राका गुम्बा संरक्षणमा सक्रियता बढ्यो

मनाङ, मङ्सिर ४ गते । हिमाली सांस्कृतिक पहिचान बोकेको मनाङको प्राचीन भ्राका गुम्बा संरक्षणमा हाल स्थानीय समुदाय तथा निकायहरूको सक्रियता बढेको छ । करिब १२ सय वर्ष पुरानो मानिन्ने यो गुम्बा धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले मनाङ क्षेत्रकै महत्त्वपूर्ण धरोहरका रूपमा प्रतिष्ठित छ ।

सातौं आठौं शताब्दीतिरको मानिएको यो गुम्बाको पालिकाले मात्रै संरक्षण गर्न नसकेको मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बताउनुभयो । पालिकाको बजेटले संरक्षण गर्न नपुग्ने उहाँको भनाइ छ । समुद्र सतहबाट करिब ३,४४८ मिटर उचाइमा अवस्थित गुम्बा भ्राका गाउँको पहाडको काखमा अवस्थित छ । प्राचीन काठका संरचना, परम्परागत तिब्बती शैलीका भित्तचित्र, पुराना पवित्र हस्तलिपिहरू र गुम्बाभित्रका मूर्तिहरू यसको सम्पदात्मक मूल्यका प्रमुख आधार मानिन्छन् । उपाध्यक्ष गुरुङका अनुसार गुम्बाको ऐतिहासिक संरचना मध्यकालीन निस्याङ तथा नार–फु क्षेत्रका बौद्ध समुदायले निर्माण गरेको मानिन्छ ।

संरक्षण कार्यमा स्थानीय सरकारको जोड
मनाङ ङिस्याङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ र गुम्बा व्यवस्थापन समितिले संरक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुम्बाका पुराना काठका थाम, भित्तामा रहेका भित्तचित्र, पूजामा प्रयोग हुने ऐतिहासिक सामग्री तथा छाना सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले पुरातात्विक महत्त्व बोकेको सम्पदा भएकाले माथिबाटै यसको संरक्षणमा बजेट आउनुपर्नेमा जोड दिनुभयो । प्रमुख भुजेलले सानातिना मर्मतसम्भार कार्यका लागि अनुरोध आएमा तुरुन्तै जनप्रतिनिधि तथा गुम्बा व्यवस्थापन समितिसँग समन्वय गरी संरक्षण गरिने बताउनुभयो ।

मनाङमा पर्यटकीय चहलपहल बढेसँगै गुम्बामा पर्यटक प्रवेशमा पनि वृद्धि भएको छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि जथाभावी हिँडडुल, चित्र तथा सामग्रीमा छुन खोज्ने प्रवृत्तिले सम्पदा जोखिममा परेको जनाइएको छ । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका वडाध्यक्ष कर्मसेराप वङक्षु लामाले भन्नुभयो, “गुम्बा हाम्रो सांस्कृतिक अस्तित्वको मूल पहिचान हो । संरक्षण गर्न ढिला भयो भने धेरै इतिहास हराउने खतरा छ । स्थानीय, सरकार र संरक्षण निकायले समन्वय गरेर दीर्घकालीन योजना अघि बढाउन जरुरी छ ।”

पर्यटन विकाससँगै चुनौती

अन्नपूर्ण पदयात्रा मार्ग हुँदै आउने विदेशी तथा आन्तरिक पर्यटकका लागि भ्राका गुम्बा प्रमुख दृश्यबिन्दुका रूपमा परिचित छ । एक्यापको तथ्याङ्कअनुसार मनाङ क्षेत्रमा दैनिक रूपमा विदेशी पर्यटकको आगमन क्रमशः बढिरहेको छ । तर, उचाइका कारण मौसम अचानक बदलिने, भूस्खलनको जोखिम, बाटो मर्मतको अभाव तथा स्थानीय बस्तीमा पूर्वाधारको कमीले पर्यटक सुरक्षा तथा व्यवस्थापन चुनौती बनेको छ । वडाध्यक्ष लामाका अनुसार संरचनागत नोक्सानी रोक्न गुम्बाभित्रका कलाकृतिहरूको वैज्ञानिक सूचीकरण तथा नियमित समीक्षा आवश्यक रूपमा देखिएको छ ।

स्थानीय बौद्ध भिक्षु र समुदायका ज्येष्ठ नागरिकले गुम्बालाई धार्मिक आस्था मात्र नभई ‘जीवित सम्पदा’का रूपमा हेर्नुपर्ने धारणा राखेका छन् । उनीहरूको भनाइमा पर्यटनका नाममा अत्यधिक व्यवसायिकता बढे गुम्बाको मौलिकता, सामाजिक संस्कार र धार्मिक मर्यादामा असर पर्न सक्छ । भिक्षु कर्म छिरिङले भन्नुभयो, “गुम्बा हेर्न आउने सबैलाई स्वागत छ । तर यहाँको संस्कार–परम्परा बडो संवेदनशील हुन्छ । पर्यटकका लागि आचारसंहिता पालन अनिवार्य छ ।”

गाउँपालिका र एक्यापले संयुक्त रूपमा गुम्बा वरिपरि पर्यटक व्यवस्थापन कक्ष, सूचना केन्द्र र सुरक्षित प्रवेशमार्ग निर्माण योजना अघि सारेका छन् । गुम्बाभित्रका पुराना मूर्ति, ग्रन्थ र भित्तचित्रलाई सूचीकरण गरी संरक्षण सहजीकरण गर्ने दाबी पनि गरिएको छ । मनाङमा पर्यटन विस्तार र धार्मिक सम्पदाको संरक्षणबिच सन्तुलन कायम गर्ने प्रयासले भ्राका गुम्बा अझ व्यवस्थित र सुरक्षित सांस्कृतिक धरोहरका रूपमा अघि बढ्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज