Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद

Author Avatar साझा न्यूज 20th November 2025 , 11:57 AM
बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद

नेपालगन्ज, मङ्सिर ४ गते । बाँकेका पाँच वटा स्थानीय तहबिच सीमा विवाद रहेको पाइएको छ । जिल्ला समन्वय समिति बाँकेको समन्वयमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार बैठकमा सो विवाद सार्वजनिक भएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाको वडा नम्बर ५ र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ राप्ती नदीको बगरमा सीमा विवाद रहेको पाइएको बताउनुभयो ।

उहाँका अनुसार सिमा विवादकै कारण राप्ती सोनारी–६ र डुडुवा–५ को सिमा क्षेत्रमा रहेको राप्तीमा नदीजन्य पदार्थ कस्ले उत्खनन् गर्ने भन्ने विषयमा विवाद हुँदै आएको हो । सिमा अतिक्रमणका विषयमा दुबै स्थानीय तहको आ–आफ्नै दाबी रहेको छ ।

दुई स्थानीय तहबिच सिमा विवाद कायम रहेकै बेला डुडुवा गाउँपालिकाले अहिले जवरजस्ती ‘गाउँ प्रहरी’ परिचालन गरेर नदीजन्य पदार्थ धमाधम उत्खनन् गरेको आरोप राप्ती सोनारी–६ का वडाअध्यक्ष लवराज खरेलले लगाउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आफ्नो क्षेत्रमा आएर डुडुवाले जवरजस्ती नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताउनुभयो । तर डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले भने राप्ती सोनारी–६ ले आफ्नो सिमा दाबी गरेको क्षेत्र डुडुवाभित्र पर्ने भएकाले त्यहाँ आफ्नो उपस्थिति रहेको बताउनुभयो ।

यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख चौधरीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ र बैजनाथ गाउँपालिका वडा नम्बर ४ बिच एउटा बस्ती नै सीमा विवादमा परेको छ । त्यस्तै खजुरा गाउँपालिकाको वडा नम्बर ४ र बैजनाथ गाउँपालिकाको वडा नम्बर ७ मा पनि सीमा विवाद रहेको देखिएको छ ।

उहाँले पालिकाबिचको सीमा विवाद समाधानका लागि आफूले पहल गरिरहेको जानकारी दिँदै जल, जङ्गल र जमिन सम्बन्धी बहुसरोेकारवाला विवाद समाधानमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काम गरिरहेको बताउनुभयो ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रोहित चौधरीले बाँकेका पालिका पालिकाबिच देखिएको सीमा विवाद समाधानको प्रक्रिया जारी रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा जिसस उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल लगायतले पालिका पालिकाबीचको विवाद छिटो भन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज