Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अर्घाखाँचीले जित्यो ४० हजारको प्रथम पुरस्कार

Author Avatar साझा न्यूज 20th November 2025 , 12:15 PM
अर्घाखाँचीले जित्यो ४० हजारको प्रथम पुरस्कार

रेसुङ्गा (गुल्मी), मङ्सिर ४ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा आयोजित चक्रेश्वर मेलामा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा अर्घाखाँचीको हरि ओम भजन कृतन समूह सन्धिखर्क प्रथम भएको छ । चक्रेश्वर मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको भजन प्रतियोगितामा विभिन्न छ समुहकाबीच प्रतिस्पर्धा गर्दै अर्घाखाँचीको भजन समुह उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेको थियो ।

प्रतियोगितामा ३० हजार रुपियाँ राशीको द्वितीय पुरस्कार राष्ट्रिय भजन समूह पाल्पाले जितेको चक्रेश्वर मन्दिर व्यवस्थापन समितिका सहसचिव कमल खत्रीले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा स्थानीय चन्द्रकोट चक्रेश्वर भजन मण्डली तृतीय हुँदै १० हजार रुपियाँ राशीको तृतीय पुरस्कार प्राप्त गरेको छ।

चक्रेश्वर मेलाको अवसरमा आयोजित खुल्ला भजन प्रतियोगिता मा सहभागी सम्पुर्ण टिम हरुलाइ हार्दिक धन्यवाद । उत्कृष्ट तीन समुहसहित थानापति देवी मन्दिर भजन कृतन समुह रुरुक्षेत्र, आँपचौर भजन समुह मुसिकोट र राधाकृष्ण भजनमण्डली सैनामैना रुपन्देहीको प्रतिस्पर्धामा सहभागी रहेको खत्रीले बताउनुभयो ।

उत्कृष्ट भजन समुहलाई प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख द्रोण बहादुर खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री र उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनमा  ठुलो शान्तिपुर चक्रेश्वर मेला लाग्ने गर्दछ ।

यो मेलाको अवसरमा बुधबार चन्द्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । यो चन्द्रकोट गाउँपालिकाकै सबैभन्दा ठुलो मेला भएकाले स्थानीय धार्मिक, साँस्कृतिक र परम्परागत रीतिरिवाजको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरकारको तर्फबाट सार्वजनिक बिदा दिने गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो ।

बालाचतुर्दशीमा बिहानैदेखि चक्रेश्वर मन्दिरको दर्शनसहित सतबिज छर्नेको भिड लागेको थियो । बाला चतुर्दशीका दिन चक्रेश्वर बर्सेनि मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र भजनकृतन गर्नेसहित क्लबहरुले साँस्कृतिक र खेलकुद प्रतियोगिता गर्ने गरेको चक्रेश्वर मन्दिर व्यवस्थापन समितिका गोपालप्रसाद शर्माले बताउनुभयो ।

स्थानीय अगुवा तेजेन्द्र थापाका अनुसार २०२८ सालदेखि चक्रेश्वर महादेवको मन्दिर स्थापना गरेर दैनिक पूजा हुने गरेको छ । सतबिज छर्न बाहिरका धार्मिक स्थलमा जान नसक्नेहरुले शान्तिपुरमा आएर छर्ने गरिरहेको थापाले बताउनुभयो ।

उहाँले धार्मिक बिषयसँग जोडेर स्थानीय क्लव र संघ–संस्थाहरुले व्यापार, खेल र गीतसंगीतसँग जोडेर महोत्सवको रुपमा पनि अगाडि बढाएको बताउनुभयो ।

मेलामा चक्रेश्वर मन्दिरको दर्शन तथा मेलामा व्यापार र मनोरञ्जन गर्ने उद्देश्यले गुल्मीसहित बाग्लुङ्गका सयौं नागरिक शान्तिपुर चक्रेश्वर मेलामा आउने गर्दछन् । लामो समयदेखि स्थानीय चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लवले मेलाको आयोजना गर्दैआएको छ । यो बर्ष क्लवले दुई लाख रुपियाँ राशीको पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजना गरेको छ ।

भलिवलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार हुनेलाई क्रमशः दुई लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षकको लागि पनि पुरस्कारको ब्यबस्था गरिएको छ । मेलामा खेलकुद बाहेक बाल उद्यानसहितको मनोरञ्जनात्म खेल, चर्चित इन्द्रेणी कार्यक्रमको प्रस्तुति र राष्ट्रिय लोकदोहोरी गायिका शान्ति श्री परियारसहितको सांगीतिक प्रस्तुति रहेको क्लवका अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज