Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 31st December 2025 , 1:06 PM
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताउनुभएको हो । संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।‘आज म यही मञ्चबाट संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनाईयो यसलाई नियमित सुचारु गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट जोडदार रुपमा आवाज उठाउन चाहन्छु’उहाँले भन्नुभयो,‘ किन की आज यही कारणले भोली हाम्रा व्यवसायी धरासायी हुनुहुदैन । त्यस मानेमा पनि अन्तर्राष्ट्रिय कुनैतिक सम्वन्ध अगाडी बढाएर, विश्वास आर्जन गरेर यो विमानस्थल सुचारु गर्न जरुरी छ, गरिनुपर्छ । त्यसको निम्ति प्रदेश सरकारबाट के कती जिम्मेवारी लिनुपर्ने हो हामी तयार छौं ।
मुख्यमन्त्री आचार्यले परिणाममुखी ढंगले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले संघीय सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको स्मरण गर्नुभयो । तर, संघीय सरकारले यस सम्वन्धि अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय स्तरका ट्राभल एजेन्सीहरूलाई भैरहवा ल्याउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभई यात्रु भरिएर आउन सक्ने वातावरण बनाउन जोड दिनुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पु¥याउँदै पर्यटक आकर्षित गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

सकियो समानुपातिकतर्फको बन्द सूची बुझाउने समय

सरकारको एकीकृत वित्तीय विवरण पेस

सरकारको एकीकृत वित्तीय विवरण पेस

‘सुत्केरी र गर्भवतीका लागि आइरन चक्कीसमेत किन्न सकिएको छैन’

‘सुत्केरी र गर्भवतीका लागि आइरन चक्कीसमेत किन्न सकिएको छैन’

भर्खरै प्रकाशित

निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

सकियो समानुपातिकतर्फको बन्द सूची बुझाउने समय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज