Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अलपत्र छ नेवार सङ्ग्रहालय

Author Avatar साझा न्यूज 21st January 2026 , 2:55 PM
अलपत्र छ नेवार सङ्ग्रहालय

स्याङ्जा, माघ ७ गते । पुतलीबजार नगरपालिका –३ पुतलीखेतमा निर्माणाधीन नेवार (नेवाः) सङग्रहालय अलपत्र परेको छ । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको सङ्ग्रहालय १० वर्ष बितिसक्दा पनि बजेट अभावले अलपत्र अवस्थामा छ ।

नेवाः गुठी पुतलीबजारको अगुवाइमा दुई करोड ५९ लाखको लागतमा निर्माण थालिएको सङ्ग्रहालय अलपत्र बनेको हो । आर्थिक वर्ष २०७२–७३ बाट ८५ लाख खर्चेर भौतिक संरचना बनाए पनि सङ्ग्रहालयको आवश्यक पूर्वाधार बन्न नसकेको हो ।

सङग्रहालय निर्माण सम्पन्न गर्न अब एक करोड बजेट आवश्यक पर्ने नेवाः गुठी पुतलीबजारले जनाएको छ । नेवार समुदायको कला संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानको प्रवर्धनबाट पर्यटन विकासमा टेवा दिने उद्देश्यले सङ्ग्रहालय निर्माण थालिएको थियो ।

पाँच रोपनी सार्वजनिक जग्गासहित सात रोपनी क्षेत्रफलमा फैलिएको सङग्रहालय बन्न नसकेको हो । सङग्रहालय बनाउन स्थानीय मोतिकुमारी श्रेष्ठ र पदमनारायण श्रेष्ठले झण्डै दुई रोपनी जग्गा निःशुल्क दिनुभएको गुठीले जनाएको छ ।

गुठीको पूर्व अध्यक्ष देबेन्द्रकुमार श्रेष्ठले सङ्ग्रहालयको सभाहल, खानेपानी र शौचालय सुविधासहित दुई तलाको संरचना बने पनि अन्य पूर्वाधार बन्न नसकेको बताउनुभयो । पछिल्लो समय तीन तहको सरकार बनेपछि कुनै पनि सरकारले जिम्मेवारी नलिँदा समुदायको प्रयास भए पनि भवन अलपत्र बनेको श्रेष्ठको गुनासो छ ।

पुतलीबजार नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामाजिक विकास कार्यालयले वार्षिक थोरै रकम दिए पनि मर्मतसम्भारमै रकम खर्च हुँदैआएको छ । सङ्ग्रहालय सञ्चालन गर्न झण्डै एक करोड बजेट भएमा पूर्वाधारसँगै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सकिने गुठीका पदाधिकारीको भनाइ छ ।

तल्लो तलामा पाँच सय जना अट्ने सभाहल र भवनको माथिल्लो तलामा सङ्ग्रहालय राख्न सकिने भए पनि रकम अभावले अलपत्र परेसँगै समुदायका अगुवा निराश भएका छन् । समुदायले जत्तिकै प्रदेश सरकार र स्थानीय तहले चासो दिएमा सङग्रहालय तत्काल बनाउन सकिने गुठीका सल्लाहकार अनन्तकुमार श्रेष्ठले बताउनुभयो । सङ्ग्रहालय बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटकलाई पुतलीबजारमा केन्द्रित गर्न सजिलो हुने श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज