Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सार्वजनिक शान्ति खलल कसुरमा दुई जना पक्राउ

Author Avatar साझा न्यूज 26th March 2026 , 12:31 PM
मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिरमा तोडफोड गरिएको घटनापछि उत्पन्न विवादका क्रममा कुटपिट तथा सार्वजनिक शान्ति खलल पार्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मन्दिरमा ढुङ्गा प्रहार गरी तोडफोड तथा सामग्रीमा क्षति पुर्‍याएको घटनापछि हिन्दु–मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो। सोही विषयलाई लिएर कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकस्थित सार्वजनिक बाटोमा गुडिरहेको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि लाठी, हेल्मेट, मुक्का प्रहार गरी कुटपिट गर्नुका साथै मोटरसाइकल र मोबाइलमा समेत क्षति पुर्‍याइएको तथा उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न ५–६ जनामध्ये कपिलवस्तु नगरपालिका–४ बस्ने अन्दाजी २६ वर्षीय ‘राज’ भन्ने दुर्गेश यादव र सोही नगरपालिका–२ बस्ने अन्दाजी २२ वर्षीय पवन कुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा द्वेष फैलाउने, सामाजिक सद्भाव बिगार्ने तथा उक्साहटपूर्ण सामग्री प्रकाशन नगर्न सबैलाई आग्रह गर्नुभयो। यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज