Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ज्यान गुमाएका तीन विद्यार्थीको पहिचान खुल्यो

Author Avatar साझा न्यूज 7th April 2026 , 3:59 PM
मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ज्यान गुमाएका तीन विद्यार्थीको पहिचान खुल्यो

महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत बथनाहा गाउँमा मंगलबार बिहान भएको दुई मोटरसाइकलको ठक्कर र आगलागीमा परी मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।

ज्यान गुमाउनेहरू सबै विद्यार्थी रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय शुभाष दास, सोही ठाउँका २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ का २० वर्षीय अभिषेक मण्डल रहेका छन्।

दुर्घटनामा परी मोटरसाइकलमा आगलागी भएपछि शवहरू जलेको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टका अनुसार घटनास्थलमा पुगेका आफन्तहरूले सनाखत गरेपछि मृतकहरूको पहिचान खुलेको हो।

प्रहरी नायब उपरीक्षक भट्टले मृतकहरूको शवको पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने जानकारी दिए।

सोही दुर्घटनामा परेर अन्य तीन जना युवाहरू गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको छ।

घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ का १९ वर्षीय रोहित दास र सोही ठाउँका १९ वर्षीय अभय कापर रहेका छन्।

त्यसैगरी, एकडारा गाउँपालिका-५ बथनाहाका २० वर्षीय अजय कापर पनि सोही दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

घाइते तीनै जनाको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार भइरहेको र थप उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

जलेश्वरबाट बर्दिबास तर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल बथनाहामा एकापसमा ठोक्किएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज