Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनमुखी निर्णयसहित कपिलवस्तु नगरको उन्नाइसौँ नगरसभा सम्पन्न

Author Avatar साझा न्यूज 8th April 2026 , 9:26 PM
जनमुखी निर्णयसहित कपिलवस्तु नगरको उन्नाइसौँ नगरसभा सम्पन्न

कपिलवस्तु, चैत २५ गते । कपिलवस्तु नगरपालिकाको उन्नाइसौँ नगरसभाले विकास निर्माण, जनस्वास्थ्य र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ।
नगरसभामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले जनताको इच्छा र आवश्यकताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको हक–हित सुनिश्चित गर्दै देखिएका समस्या सामूहिक रूपमा समाधान गर्नुपर्ने बताउनुभयो।
नगर प्रमुख सुदीप पौडेलले कार्यपालिकाबाट प्रस्तुत भएका प्रस्तावहरू नगरसभाबाट स्वीकृत भएको जानकारी दिँदै नगरको समग्र विकासलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। उहाँले विगतका राम्रा कार्यहरूलाई निरन्तरता दिँदै आगामी वर्षमा अझ प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो।
नगर प्रमुख पौडेलले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाइने बताउनुभयो। बिरामी नागरिकलाई उपचारमा आर्थिक भार कम गर्ने उद्देश्यले रगतलगायतका सेवामा शुल्क नलाग्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। सर्पदंशका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने पनि उहाँले स्पष्ट पार्नुभयो।
कृषि क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न छाडा चौपायाको व्यवस्थापन गरिएकाले किसानहरूलाई राहत पुगेको नगर प्रमुख पौडेलले उल्लेख गर्नुभयो। नगरपालिकाको सहकार्यमा मधुबनधाममा गौशाला सञ्चालनमा ल्याइएको र यसले किसानको बाली संरक्षणमा टेवा पुर्‍याएको बताइएको छ।
यसैगरी, विभिन्न वडामा सडक निर्माण तथा पूर्वाधार विकासका कामहरू तीव्र रूपमा अघि बढाइएको जनाइएको छ। तौलिहवा बजार क्षेत्र हुँदै पश्चिमतर्फ जाने सवारी साधनलाई सहज हुने गरी सडक सुधारको काम भइरहेको पनि नगरपालिकाले जनाएको छ।
नगर प्रमुख पौडेलले ग्रेटर लुम्बिनी क्षेत्रअन्तर्गत कपिलवस्तु, लुम्बिनी, देवदह र रामग्राम नगरपालिकाको समन्वयमा प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगले नगरको विकास र सुन्दरीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगरसभाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै महिनामा कम्तीमा दुई दिन ६० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा घरदैलोमै उपलब्ध गराउने निर्णय पनि गरेको छ।
कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले नगरसभाको सञ्चालन गर्नुभएको थियो। नगरसभामा १ देखि १२ वडासम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज