Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधनमा ‘समृद्धि’ परियोजना परिचयात्मक कार्यक्रम

Author Avatar साझा न्यूज 10th April 2026 , 9:33 AM
शुद्धोधनमा ‘समृद्धि’ परियोजना परिचयात्मक कार्यक्रम

कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीहरूको सशक्तीकरण तथा सीप विकास गर्ने उद्देश्यले ‘समृद्धि’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । केयर नेपालको आर्थिक सहयोग, दलित सामाजिक विकास केन्द्रको आयोजनामा तथा शुद्धोधन गाउँपालिकाको समन्वयमा कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा परियोजनाबारे विस्तृत जानकारी परियोजना अधिकृत रत्न डाँगीले प्रस्तुत गर्नुभएको थियो । ‘समृद्धि’ कार्यक्रम सन् २०२६ जनवरी २० देखि २०२६ अक्टोबर ३१ सम्म सञ्चालन हुने छ । कार्यक्रम शुद्धोधन गाउँपालिका अन्तर्गत वडा नम्बर ४ र ६ मा सञ्चालनमा रहको छ ।
परियोजनाले विद्यालय बाहिर रहेका १५ देखि २४ वर्ष उमेर समूहका किशोरी महिलालाई लक्षित गरेको छ, विशेषगरी कक्षा ५ देखि ८ बीच पढाइ छोडेका किशोरीहरूलाई समेटिएको छ । कार्यक्रम अन्तर्गत चार वटा समूहमा १०४ जना किशोरीलाई समावेश गरिएको छ, जसमा वडा नम्बर ४ मा एक र वडा नम्बर ६ मा तीन समूह गठन गरिएका छन् ।
परियोजनाको मुख्य उद्देश्य किशोरीहरूलाई आधारभूत साक्षरता, संख्यात्मक ज्ञान, डिजिटल तथा उद्यमशीलता सीप प्रदान गर्दै जीवन उपयोगी क्षमतामा अभिवृद्धि गर्नुका साथै उनीहरूलाई शिक्षा र जीविकोपार्जनका अवसरतर्फ अग्रसर गराउनु रहेको छ । साथै बजारमुखी सीप विकासमार्फत आर्थिक सहभागिता वृद्धि गर्ने र स्थानीय तहमा किशोरीहरूको नेतृत्व विकास तथा उद्यमशीलतामा सहजीकरण गर्ने लक्ष्य लिइएको छ ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले किशोरीहरूको क्षमता विकास र शिक्षामा पुनः पहुँच विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार, विद्यालय र सरोकारवाला निकायबीच समन्वय गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमति पासीको अध्यक्षता, केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासको स्वागत तथा कार्यक्रमको उद्देश्य बारे जनाकारी गाउनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सञ्जय चौधरी विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि को सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज