तौलिहवा (कपिलबस्तु), चैत ३० गते । कपिलबस्तुको तौलिहवा स्थित कालिकाटोलबाट स्रोत नखुलेको भारतीय रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार स्रोत नखुलेको १४ लाख भारतीय रकम सहित मोटरसाइकलको डिक्कीमा राखेको अवस्थामा सो रकम बरामद गरेको बताउनुभयो । सो घटनाबारे थप विवरण आउन बाँकी छ ।
















































