Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 13th April 2026 , 5:25 PM
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताउनुभयो ।‘संविधानले निर्दिष्ट गरेका हक अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गर्नुभयो ।
उहाँले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।‘यदि समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नु पर्ने अवस्था आउन सक्छ,’उहाँले चेतावनी भन्नुभयो ।
राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै उहाँले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पु¥याउने अग्रज तथा सामाजिक अभियन्ताहरुप्रति सम्मान व्यक्त गर्नुभयो ।
उहाँले तुलसीपुरको विकास अग्रजहरुको योगदानका कारण सम्भव भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको उल्लेख गर्दै पछिल्लो ७-८ वर्षको उपलब्धिको समग्र मूल्यांकन आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा नगरवासीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज