Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

Author Avatar साझा न्यूज 19th April 2026 , 8:13 PM
८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

भोगचलन गर्दै आए पनि दशकौंदेखि लालपुर्जाविहीन ८ हजार ३ सय ९६ गाउँ ब्लक पीडित परिवारले लालपुर्जा पाएका छन्। २०२१ सालमा भएको नापीको क्रममा जग्गाहरू गाउँ ब्लकका रूपमा छाडिँदा ती परिवारहरू लालपुर्जा पाउनबाट वञ्चित रहँदै आएका थिए। गाउँ ब्लकको २०६०, २०६५ र २०७२ सालमा नापी भए पनि उनीहरूले ३ वर्षभित्र सो लालपुर्जा पाएका हुन्।

कपिलवस्तुमा २ वर्षभित्र ८ हजार ३ सय ९६ जना गाउँ ब्लक पीडितलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक बहादुर भण्डारीले बताए। जिल्लामा साविक ८१ गाविसमा रहेको गाउँ ब्लकको नाप-नक्सा कार्य सम्पन्न भएर लालपुर्जा वितरण कार्य अघि बढाइएको भण्डारीले बताए। २०२६ सालमा नापी भएपछि बल्ल लालपुर्जा पाउन सफल भएको उनले बताए। २०७२ सालमा गाउँ ब्लकको पुनः नापी भएको थियो।

२०२६ सालमा नापी हुँदा एकैपटक नापी गर्न गाह्रो भएपछि एउटै कित्तामा छाडिएको जग्गालाई गाउँ ब्लकका रूपमा राखिएको थियो। नापी कार्यालयका प्रमुख जनक बहादुर भण्डारीले जिल्लाको गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न ५ वटा टोली परिचालन गरिएको बताए। उनले २०६५ सालदेखि नै नापी गरी लालपुर्जा वितरणको काम जारी रहेको बताए।

यसैबीच कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का ७ सय १६ गाउँ ब्लक पीडितहरूलाई स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा लालपुर्जा बाँडिएको छ। मेयर केशव कुमार श्रेष्ठ, उपमेयर मीरा कुमारी थारु, वडा नम्बर १ का वडाध्यक्ष सुरज प्रताप राणा, वडा नम्बर १० का अध्यक्ष सन्दीप कुमार पाण्डेय लगायतको टोलीले लालपुर्जा हस्तान्तरण गरेका थिए।

जग्गाधनीको प्रमाणपत्र पाएपछि वर्षौंदेखि जोतभोग गर्दै आएका जग्गाधनीहरूले बल्ल आफूहरू जग्गाको मालिक भएको महसुस गरेका छन्। प्रमाणपत्र पाएपछि बल्ल जग्गाको मालिक भएको महसुस भएको लालपुर्जा पाएकाहरूले बताएका छन्।

आइतबार जग्गाधनीको प्रमाणपत्र पाएका सोही वडा मोतिनगरका ८० वर्षीय श्यामलाल केवटले आफ्नै जीवनकालमा लालपुर्जा पाएकोमा धेरै खुसी लागेको बताए। ‘अब बल्ल जग्गाको वास्तविक मालिक भएको अनुभूति भएको छ,’ उनले भने।

सो अवसरमा मेयर श्रेष्ठले लामो प्रयास र कठिनाइका बावजुद गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएको बताए। उनले आफ्नो पालिकामा रहेको गाउँ ब्लक पीडितको समस्या समाधान हुने बताए। वडाध्यक्ष पाण्डेयले गाउँ ब्लक पीडितहरू लालपुर्जाविहीन हुँदा वडाको कामकाजमा समेत समस्या आउने गरेको बताए। अहिले पीडित परिवारले लालपुर्जा पाउँदा आफूलाई समेत सन्तुष्टि मिलेको उनले बताए।

कार्यक्रममा गाउँ ब्लक जग्गाको सफलतापूर्वक काम सम्पन्न गरेका ५ नम्बर नापी टोलीका सबै सदस्यहरूलाई सम्मानित समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

भर्खरै प्रकाशित

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज