Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

Author Avatar साझा न्यूज 21st April 2026 , 5:02 PM
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने देखिएको छ।

तत्काल पानी पर्ने सम्भावना नरहेको भन्दै जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले मंगलबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जानकारी दिइन्। उनका अनुसार धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

उनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ। उनले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ खान आग्रह गरे।

विभागले लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू (कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही)मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरेको छ। त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ।

तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ। बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

भर्खरै प्रकाशित

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज