Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

Author Avatar साझा न्यूज 22nd April 2026 , 11:03 AM
सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

पश्चिम नवलपरासी, वैशाख ९ गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटान जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय बासिन्दा र उनीहरूको जग्गा–जमिनलाई सुरक्षित बनाउने विश्वास लिइएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, कार्यालय चितवनका कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार सुस्ता क्षेत्रमा करिब नौ सय मिटर लम्बाइको तटबन्ध निर्माणका लागि करिब १४ करोड रुपियाँ लागतमा काम भइरहेको छ।

यसैक्रममा निर्माणाधीन तटबन्धको गुणस्तर र प्रगतिको अवस्थाबारे जानकारी लिन सरोकारवालाहरूको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा आयोजना कार्यालयका प्रमुख डा. सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख रुदल यादव र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सहभागी हुनुहुन्थ्यो।

अनुगमनका क्रममा सरोकारवालाहरूले तोकिएको समयमै र मापदण्डअनुसार गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बर्खायाम अगावै तटबन्ध निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख डा. सुवेदीले नारायणी नदीको उच्च बहाव र कटान जोखिम रहेको सुस्ता क्षेत्रमा नौ सय मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको र यसले दीर्घकालीन रूपमा कटान नियन्त्रणमा सहयोग पुर्‍याउने बताउनुभयो।

त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख रुदल यादव र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ता क्षेत्रको भौगोलिक संवेदनशीलतालाई मध्यनजर गर्दै यो तटबन्ध निर्माण अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँहरूले निर्माण कार्यमा आइपर्ने प्रशासनिक वा अन्य बाधा–अड्चन हटाउन प्रशासन सदैव समन्वय गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

नारायणी नदीको कटानका कारण वर्षेनी जोखिममा पर्दै आएको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धले स्थानीयवासीमा ठुलो राहतको अनुभूति दिलाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

भर्खरै प्रकाशित

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज