Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वर्ष बित्दा पनि राहत नपाएको भन्दै सरकारलाई ध्यानाकर्षण

Author Avatar साझा न्यूज 22nd April 2026 , 7:01 PM
वर्ष बित्दा पनि राहत नपाएको भन्दै सरकारलाई ध्यानाकर्षण

कपिलबस्तु, बैशाख ९ गते । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका बुटवल–४ निवासी नेपाली युवा सुदीप न्यौपानेको परिवारले अझैसम्म राहत नपाएको भन्दै सरकारको ध्यानाकर्षण पत्र बुझाइएको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत पठाइएको ध्यानाकर्षण पत्रमा घटनाको एक वर्ष पूरा भइसक्दा पनि पीडित परिवारले कुनै राहत वा क्षतिपूर्ति नपाएको गुनासो गरिएको छ ।
पत्रमा उल्लेख गरिएअनुसार २२ अप्रिल २०२५ मा भएको उक्त हमलापछि नेपाल सरकार तथा प्रधानमन्त्रीले पीडित परिवारलाई सहयोग गर्ने र भारत सरकारसँग क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म ती प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।
पीडित परिवारले छोराको निधनपछि आर्थिक तथा मानसिक पीडामा जीवनयापन गरिरहेको उल्लेख गर्दै राज्यको उदासीनताले नागरिकप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको पत्रमा उल्लेख गरिएको छ ।
युवाहरूको तर्फबाट प्रस्तुत गरिएको ध्यानाकर्षण पत्रमा तीन मुख्य माग अघि सारिएका छन् । जसअन्तर्गत सरकारले प्रतिबद्धता अनुसार राहत रकम तत्काल उपलब्ध गराउनुपर्ने, भारत सरकारसँग गरिएको कूटनीतिक पहलको विवरण सार्वजनिक गर्नुपर्ने तथा विदेशमा नेपाली नागरिकमाथि हुने घटनामा परिवारको सुरक्षा र सहायताका लागि ठोस नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ ।
पत्रमार्फत एक साताभित्र ठोस निर्णय नलिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ । सुदीप न्यौपानेको प्रथम स्मृति दिवसको सन्दर्भमा उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने माग समेत गरिएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उक्त ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै सम्बन्धित निकायमा पठाउने बताउनुभएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन प्रकाश घिमिरे, मधुसुदन भट्टराई, हनुमान पाण्डे, अनिल कुमार क्षेत्री, शिवशंकर कन्दु, देवेन्द्र कुमार पाण्डे लगायत कपिलवस्तुका जागरुक युवाहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

भर्खरै प्रकाशित

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

वर्ष बित्दा पनि राहत नपाएको भन्दै सरकारलाई ध्यानाकर्षण

वर्ष बित्दा पनि राहत नपाएको भन्दै सरकारलाई ध्यानाकर्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज