Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

Author Avatar साझा न्यूज 23rd April 2026 , 1:55 PM
प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

माछापुच्छ्रे (कास्की), वैशाख १० गते । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा १५ ढुङ्गेसाँघुको ठुलोमझुवामा निर्माण गरिएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गर्नुभएको हो ।

भवन निर्माणमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले संघीयताको मर्मअनुसार प्रहरी समायोजन नहुँदा केही प्रशासनिक जटिलता रहेको बताउनुभयो ।

यो परियोजनामा कार्यालय प्याकेज र ब्यारेक प्याकेज गरी दुई भागमा बाँडेर कार्यान्वयन गरिएको थियो । कार्यालय प्याकेजको लागत ६ करोड ४६ लाख १२ हजार ३ सय २७ रुपियाँ र ब्यारेक प्याकेजको लागत ६ करोड ५५ लाख ४५ हजार ७ सय १६ रुपियाँ रहेको इन्जिनियर डिएसपी चिरञ्जीवीप्रताप महतोले जानकरी दिनुभयो ।

उहाँका अनुसार कार्यालय प्याकेजमा कार्यालय भवन, प्रमुखको निवास, २ वटा सिनियर अधिकृत निवास, ट्रेड सप र ब्यारेक प्याकेजमा २ वटा ब्यारेक, २ वटा मेस, क्वाटर गार्ड, तालिम लिने प्रहरीका लागि बाधा पार, बाटोको ट्रयाक खोलेर ग्राभेल बिछ्याइएको र मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।

आरसिसी फ्रेम स्ट्रक्चर अवधारणामा निर्माण गरिएको यी भवनहरूले प्रहरी तालिमलाई थप आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने  तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । नयाँ संरचनासँगै तालिममा सहभागी जनशक्तिलाई आवास, खानपान, तालिम सञ्चालन तथा अन्य आवश्यक सुविधा सहज रूपमा उपलब्ध हुने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्र जिसीले सीमित, स्रोत र साधनको उच्चतम प्रयोग गर्दै नेपाल प्रहरी जनताको सेवामा खटिरहेको बताउनुभयो । कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जिसीसहित –६ जनालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज