कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा जारी दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि (आइतबार) भारतीय अभिनेत्री अमरपाली दुबे सहभागी हुने भएकी छन्।
महोत्सवमा उनको उपस्थितिसँगै विभिन्न डान्स ग्रुपहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक रूपमा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
आयोजकका अनुसार महोत्सव वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।
















































