Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

Author Avatar साझा न्यूज 25th April 2026 , 7:20 PM
डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

कपिलवस्तु, १२ वैशाख । कपिलवस्तु नगरपालिका–३, डेरवास्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविमा दुई कोठे भवनको उद्घाटन गरिएको छ। नेपाल–चाइना फ्रेन्डसिप फोरमको सहयोगमा विद्यालयको दोस्रो तलामा निर्माण गरिएको उक्त भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, फोरमकी अध्यक्ष झ्याउ मेलिङ तथा वडाध्यक्ष प्रकाश गैरेलगायतको टोलीले संयुक्त रूपमा गरेका हुन्।

सोही अवसरमा विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीलाई विद्यालय ब्यागसमेत वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले फोरमको सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक प्रेरणा मिलेको उल्लेख गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्य अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले शिक्षक–शिक्षिकाहरूको क्षमता अभिवृद्धिका लागि अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गर्नसमेत फोरमसँग आग्रह गर्नुभयो।

फोरमकी अध्यक्ष झ्याउ मेलिङले चीन र नेपालबीचको मित्रता सधैँ सुदृढ रहेको उल्लेख गर्दै बालबालिकाको शिक्षा सुनिश्चित गर्न सानो सहयोग गरिएको बताउनुभयो। यस्ता सहयोगात्मक कार्यहरू निरन्तर जारी रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

विद्यालयकी प्रधानाध्यापक शारदा आचार्यका अनुसार फोरमले विद्यालयमा फर्निचर, शौचालयलगायतका पूर्वाधार निर्माणमा पनि सहयोग गरेको छ। कार्यक्रममा जग्गादाता सुनिल ज्ञवालीलाई सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयकी प्रधानाध्यापक शारदा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज