Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीमा आवागमनले औलोको जोखिम उच्च

Author Avatar साझा न्यूज 25th April 2026 , 7:32 PM
सीमा आवागमनले औलोको जोखिम उच्च

तौलिहवा(कपिलबस्तु), १२ गते । कपिलबस्तुमा विश्व औलो दिवस मनाइएको छ । दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र कपिलवस्तु नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा औलो निवारणतर्फ नेपाल उल्लेखनीय प्रगति गर्दै गएको बताइएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका केदारनाथ शाहले औलो उन्मूलन सन् २०३० सम्म निवारण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय औलो निवारण कार्यक्रम राष्ट्रकै पहिलो जनस्वास्थ्य कार्यक्रमका रूपमा सञ्चालन हुँदै आएको छ ।
प्रस्तुत तथ्याङ्कअनुसार गत वर्ष नेपालभर १ हजार १६४ जना औलोका बिरामी फेला परेका थिए । सीमावर्ती नाकाहरू बेलहिया, काकरभिट्टा, विराटनगर, कृष्णनगर लगायत क्षेत्रमा हेल्प डेस्क स्थापना गरी निगरानी सुदृढ गरिएको छ ।
नेपालको अवस्थाबारे जानकारी दिँदै विगत १० वर्षमा स्थानीय औलोका केस करिब ९० प्रतिशतले घटेको र हाल वार्षिक रूपमा ५० भन्दा कममा सीमित भएको जनाइएको छ । कुल केसको करिब ९७ प्रतिशत आयातित रहेको र भारत तथा अफ्रिकी मुलुकमा हुने श्रम प्रवाससँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।
कपिलवस्तु जिल्लामा गत वर्ष ५२ जना औलोका बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा घटेर ४४ जना पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले औलो नियन्त्रणका लागि स्थानीय तहको सक्रियता र समुदायको सहभागिता अत्यन्तै आवश्यक रहेको बताउनुभयो । “सीमा क्षेत्रबाट हुने आवागमन र श्रम प्रवासका कारण आयातित औलोको जोखिम उच्च छ, त्यसैले समयमै पहिचान र शीघ्र उपचारलाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाईले सबै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सन् २०२६ सम्म स्थानीय औलोका केस शून्यमा झार्ने र त्यसपछि पनि उक्त अवस्था कायम राख्ने लक्ष्य प्रस्तुत गरिएको थियो । साथै औलोको पुनरागमन रोकथामका लागि निगरानी प्रणाली सुदृढ बनाउने, गुणस्तरीय निदान तथा उपचार सुनिश्चित गर्ने उद्देश्य राखिएको जनाइएको छ ।
प्रमुख उपलब्धिमा औलो रोग निगरानी प्रणाली (एमडिआइएस) सञ्चालनमा रहेको, १–३–७ पद्धतिअनुसार केस सूचना, अनुसन्धान र प्रतिकार्य कार्यान्वयन भइरहेको जानकारी दिइएको छ । उच्च जोखिम समूहलाई लक्षित कार्यक्रम तथा ग्रामीण औलो कार्यकर्ता परिचालन मार्फत सक्रिय निगरानीलाई प्रभावकारी बनाइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज