Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

Author Avatar साझा न्यूज 29th April 2026 , 2:01 PM
पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासी, वैशाख १६ गते । पश्चिम नवलपरासीको समग्र र चौतर्फी विकासका लागि जिल्लाका सङ्घीय सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर एकमत हुने सङ्कल्प गरेका छन् ।

बुधबार सुनवल नगरपालिकाद्वारा आयोजित समन्वय, सहकार्य र विकासका लागि साझा प्रतिबद्धता विषयक विशेष कार्यक्रममा जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद  विक्रम खनालले, जिल्लाका ठुला योजना र अलपत्र परेका पूर्वाधारका काम सम्पन्न गर्न हामी सबै सांसदले केन्द्रमा संयुक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद नरेन्द्रकुमार गुप्ताले जिल्लाको विकास निर्माणमा साझा पहलकदमीको अभाव देखिँदै आएको बताउँदै अब ठोस योजना र साझा मुद्दा लिएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद रिंगला यादवले शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणका लागि हामी सबैको सक्रिय सहकार्य आवश्यक रहेको र चौतर्फी विकासका लागि हामी एक ठाउँमा उभिएको बताउनुभयो ।

उपस्थित सांसदले जिल्लाका अधुरा आयोजनाहरू पूरा गर्न अब छुट्टाछुट्टै नभई संयुक्त रूपमा केन्द्रमा दबाब दिने बताएका छन्।

सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्याल ले नगरपालिकाको विकास निर्माणको अवस्थाबारे विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो।

उहाँले स्थानीय तहका स्रोतको सीमा र सङ्घीय सरकारबाट अपेक्षित सहयोगबारे सांसदलाई जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “विकासमा राजनीति नगरौँ, नगरको समृद्धिका लागि अभिभावकीय भूमिका खोलिदिनुहोस्।”

त्यस्तै, कार्यक्रममा उपप्रमुख सूर्यप्रसाद दुवे ले जिल्लाको विकास निर्माणको वर्तमान अवस्था, देखिएका व्यवधान र सुधारका पक्षहरूका बारेमा जानकारी गराउनुभयो।

यो कार्यक्रमले जिल्लाको विकासमा नयाँ आशा जगाएको र जनप्रतिनिधिहरूबिचको एकताले पश्चिम नवलपरासीको समृद्धिमा इँटा थप्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज