Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छः आइजीपी कार्की

Author Avatar साझा न्यूज 10th May 2026 , 5:16 PM
जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छः आइजीपी कार्की

काठमाडौँ, वैशाख २७ गते । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले जटिल भूगोल र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताउनुभएको हो ।

नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

उहाँले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताउनुभयो।

उहाँकाअनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ ।

विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि बेहोर्नुपरेको छ । आइजीपी कार्कीले भन्नुभयो,“नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसो तसो निर्माण भएका ठूला साना सडकमा सवारी साधन चलेका छन् जहाँ रुटको प्रश्न पनि उठिरहन्छ । यो रुटको प्रश्न उठिरहने विषय होइन । तर यो उठिराख्ने विषयहरू पनि सम्बोधन हुनुपर्छ । अब यो नेपालमा सवारी दुर्घटनाबाट अहिले त अझ बढ्दै गएर मास क्याजुअल्टज हुँदै जादा कहिलेकाँही एकदम दुःखदायी हुन्छ दिन हामीलाई सम्झिँदा अत्यन्त दुःखदायक लाग्छ । भोग्नेलाई कस्तो हुन्छ रु हामी सुन्नेलाई पनि दुःख लाग्ने र भोग्नेलाई अझ दुःख लाग्ने विषय छन् । दैनिक एभरेजमा सात जना थियो । अहिले आठ जना हुने डर भयो । एभरेजमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था चाहिँ अत्यन्त दुःखदायी अवस्था हो । यो यसबाट वर्षेनी दैनिक आठ जनाको दरले वर्षेनी कति नागरिकले ज्यान छन् त्यो अत्यन्त चिन्ताको विषय राज्यको पनि चिन्ताको विषय हो । व्यवसायको पनि चिन्ताको विषय हो  व्यवसायिक सङ्गठनको पनि चिन्ताको विषय हो । मजदुर युनियनका पनि चिन्ताका विषय हुन् । र मजदुरका पनि चिन्ताका विषय हुन् । यी हामी सबैका चिन्ताका विषय हुन् जहाँ हामी आफैँ सम्मिलित छौँ । जहाँ हामी आफैँ पनि पीडित हुने सम्भावना छ अहिले अर्को कसैलाई पीडा भएको अवस्थाले अहिले एकछिन शान्त भइराख्ने कुरा पनि होइन । त्यो कुनै दिन त्यो पीडा कसैसँग नपरोस् भन्नका खातिर महाधिवेशनले पनि एउटा मार्ग निर्देश गर्नुपर्ने अवस्था छ भन्ने बुझ्नु जरुरी छ । अब हामीले पछिल्ला दिनमा मौसमको परिवर्तनले जलवायु मा आएको परिवर्तनको कारणले पनि संसारभरमा जस्तै नेपालमा पनि दुर्घटनाहरु वृद्धि गरेको छ । अहिले नेपाल अझ पछिल्लो वर्ष यो मनसुनको समयमा खास गरि र त्यसपछि अब मनसुन शुरु भैनै सक्यो यो पछाडीबाट आउने पहिरो आउने र चाडबाडका चाडबाड ठिक्क अगाडी दुर्घटना ठुलठुला दुर्घटना भएको कारणले एकातर्फ राष्ट्रको एकातर्फ व्यक्तिको क्षति त भएकै छ । त्यो क्षति भएका व्यक्तिले भरण पोषण गर्नुपर्ने परिवारको पनि क्षति भएको अवस्था छ । दुखी भएको अवस्था छ भने मुलुकले पनि एउटा कहाली लाग्दो सवारी दुर्घटनाबाट ठूलो पुजीको पनि क्षति भएको र त्यो दुःखद अवस्था बेहोर्नुपरेको अवस्था छ । यस सन्दर्भमा सवारी दुर्घटनाका विविध कारणहरुमध्ये मानवीय कारणहरु हामी भन्छौँ । मानवीय कारण पनि होलान् इन्जिनियरिङका कारण पनि उत्तिकै महत्वपूर्ण छन् । इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ । गाउँ–गाउँमा वडा अध्यक्षहरुले इच्छा गरेर बनाइएका सडकहरु गाउँगाउँ जथाभावी डोजरे क्रान्ति गरिएका बाटाहरु को कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ ।  ति बाटाहरु इन्जिनियरिङ हिसावले ति ठिक छन् । जहाँ निर त्यो जलबवयु परिवर्तनका सँगै जो बाढी र पहिरो आउछ त्यसको सिर्जना गर्नमा कति योगदान गरेको छ त्यस्तो किसिमको विकासको नमुनाले भन्ने तर्फ पनि हेर्नुपर्नेछ ।”

आइजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।

गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उहाँले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।

जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

उद्धार गरिएकी महिलाको मृत्यु

सडेको अवस्थामा शव फेला

भन्सारको राजस्व संकलन निराशाजनक

साढे नौ महिनामै वर्षको लक्ष्यभन्दा बढी उठ्यो राजस्व

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

सुधारिएको खाद्य प्रणाली परियोजनाको अनुगमन

सुधारिएको खाद्य प्रणाली परियोजनाको अनुगमन

भर्खरै प्रकाशित

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

उद्धार गरिएकी महिलाको मृत्यु

सडेको अवस्थामा शव फेला

भन्सारको राजस्व संकलन निराशाजनक

साढे नौ महिनामै वर्षको लक्ष्यभन्दा बढी उठ्यो राजस्व

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज