Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

Author Avatar साझा न्यूज 10th May 2026 , 9:45 PM
विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

तौलिहवा(कपिलबस्तु), बैशाख २७ गते । जिल्लाको मायादेवी गाँउपालिका भित्र रहेका विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूलाई विद्यालय सुधार योजना (एसआईपी) निर्माणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत दलित सामाजिक विकास केन्द्रको आयोजनामा उक्त गोस्ठी सञ्चालन गरिएको हो ।
सो अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलबासेले विद्यालय सुधार योजना व्यवहारमा कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेका विषयलाई विद्यालयमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि योजनाबद्ध सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । स्रोत जुठाउनका लागि केही पाहल गर्नु पर्ने उहाँको भनाई छ ।
मायादेवी गाउँपालिका शिक्षा शाखाका प्रमुख बद्री बेलबासेले विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका लागि एसआईपी महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहकार्य गर्दै आएको जानकारी दिनुभयो । उहाँले हासिल गरेको ज्ञान सिपलाई विद्यालयमा लागु गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक रविन्द्र आचार्यले विद्यालय सुधार योजनाका विभिन्न चरण, योजना निर्माण प्रक्रिया तथा परिमार्जित खाकाका विषयमा सहजीकरण गर्नुभएको थियो । विद्यालयको आवश्यकता पहिचान गरी दीर्घकालीन लक्ष्यसहित योजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अब्दुस सलामले तालिमले विद्यालयको योजना निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो ।
यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सुमन्त यादवले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।
युनाईटेड मिसन टु नेपाल कपिलवस्तुको आर्थिक सहयोग तथा मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका २५ वटा विद्यालय तथा मदरसाका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती बासीको अध्यक्षतामा कार्यक्रम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज