Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

Author Avatar साझा न्यूज 11th May 2026 , 8:41 AM
गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

काठमाडौँ- आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ ।

भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो । महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो ।

गत चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदिक्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी समूह अघि बढेको थियो । ४२ दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो ।

‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता गिरिले पशुपति तत्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघुपरिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा उल्लेख गर्नुभएको थियो ।

पशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् ।

‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको समेत गठन गरिएको थियो । पशुपति आइपुगेपछि समूहले यस क्षेत्रका भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायत तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक पनि सम्पन्न गरेको जनाइएको छ ।

आज (सोमबार) बिहान पशुपतिनाथ मूल मन्दिरसहित वाग्मती नदीमा पूजा, आराधना र अघ्र्यदान गरेपछि बृहत् पाशुपत पदयात्रा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज