Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शून्य समय : सांसदका थरिथरिका माग

Author Avatar साझा न्यूज 12th May 2026 , 5:47 PM
शून्य समय : सांसदका थरिथरिका माग

काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

उहाँहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो ।

सांसद विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागी घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गर्नुभयो ।

सांसद बुद्धिप्रसाद पन्तले वीरगन्ज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगन्जको सडक भत्किएको, हेटौँडामा २५ गज, वीरगन्जमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुनेगरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताउनुभयो ।

सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गर्नुभयो ।

सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गर्नुभयो । जिल्लामा बाँदर तथा बँदेलका कारण कृषक बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका हकअधिकारलाई उच्च प्राथमिकता दिएको आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको, बुटवल क्षेत्रका जनताको सुरक्षित बसोवास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गर्नुभयो ।

सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा गरिएको अपाङ्गका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको, डोजरले घर भत्काएको दृश्यले मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद मनिष खनालले ३५ वर्षदेखि लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने माग गर्नुभयो ।

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गर्नुभयो । जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो ।

सांसद महम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधान माग गर्नुभयो । जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गर्नुभयो । ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न माग गर्नुभयो ।

सांसद भरत गिरीले राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकार लाग्नुपर्ने बताउनुभयो ।

सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन भएकाको घरबारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद युवराज दुलालले मेलम्ची, इन्द्रावती बाढी पीडितको समस्या समाधानमा काम गर्न अनुरोध गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनमा ल्याउन र वनदेउ चौतारा सडक जीर्ण भएकाले निर्माण गर्न माग गर्नुुभयो ।

सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको घाउमा मल्हम लगाउन माग गर्नुभयो ।

सांसद रजनी श्रेष्ठले खेलाडी विदेशिन बाध्य भएको उल्लेख गर्नुहुँदै विद्यालयमा खेल अनिवार्य गरिनुपर्ने र खेल क्षेत्रमा राजनीति नगर्न माग गर्नुभयो ।

सांसद रत्नकुमारी थापाले अछामका बाढी पहिरो पीडितको समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रञ्जु न्यौपानेले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण गर्न माग गर्नुभयो ।

सांसद रमेशकुमार मल्लले सल्यानमा असिना पानीले कृषि उपज क्षति गर्नाका साथै संरचनामा क्षति पुगेकाले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् नहुँदा बनाउन ढिलाइ भएको बताउनुभयो । अन्यत्र यस्तो समस्या हुँदा पाँच, सात दिनमै बन्ने तर कर्णालीमा ढिलाइ भएको उहाँले जानकारी गराउनुभयो ।

सांसद रमेश प्रसाइँले जेनजी आन्दोलनका दोषीलाई कानुनी कारबाहीको माग गर्नुभयो ।

सांसद रहबर अन्सारीले बारा पर्सा कोरिडोर नेपालको ठुलो काेरिडोर भएको यहाँ खोला, नाला हडी उद्योग बनेकाले उच्चस्तरीय छानबिन गरी हड्पिएको जग्गा सरकारी स्वामित्वमा ल्याउन माग गर्नुभयो । सिमराको क्यासिनोमा नेपालीलाई प्रवेश गराइएकाले त्यसमा प्रतिबन्ध लगाउनुपर्नेमा उहाँको जोड थियो ।

सांसद राजकिशोर महतोले किसानको बाली नीलगाईका कारण क्षति पुगेकाले यो समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद राजन गौतमले नवलपुरमा नारायणी कटानले भूमि गुमाउने जनताले जग्गा कहिले पाउने निश्चित गर्न माग गर्नुभयो । तटबन्धलाई आगामी वर्षको बजेटमै व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजीव खत्रीले काठमाडौँ र भक्तपुरमा बन्ने भनिएको स्मार्ट सिटीको काम दशकौँ भइसक्दा पनि ढिलाइ भएको भन्दै छिटो निर्माण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद कलावती शर्माले सुकुमवासी समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

उद्धार गरिएकी महिलाको मृत्यु

सडेको अवस्थामा शव फेला

भन्सारको राजस्व संकलन निराशाजनक

साढे नौ महिनामै वर्षको लक्ष्यभन्दा बढी उठ्यो राजस्व

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

भर्खरै प्रकाशित

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

उद्धार गरिएकी महिलाको मृत्यु

सडेको अवस्थामा शव फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज