Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

Author Avatar साझा न्यूज 14th May 2026 , 2:37 PM
युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

?????????????????????????????????????????????????????????

जेरुसेलम, वैशाख ३१ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्यरूपमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ ।

इजरायलले उक्त भ्रमणले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दाबी गरेको छ भने युएईले भने त्यस्तो कुनै गोप्य भेटवार्ता नभएको स्पष्ट पारेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेतान्याहुले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उक्त भेटले ‘इजरायल र संयुक्त अरब इमिरेट्सबिचको सम्बन्धमा ऐतिहासिक उपलब्धि’ हाँसिल गरेको दाबी गरिएको छ । तर युएईले इजरायली दाबीलाई तत्काल अस्वीकार गरेको छ । युएईको सरकारी समाचार संस्था डब्लुएएमले प्रकाशित गरेको विवरणमा कुनै पनि गोप्य भ्रमण वा गैरऔपचारिक वार्ता भएको दाबी गलत रहेको उल्लेख गरिएको छ ।

डब्लुएएमले आफ्नो प्रतिवेदनमा भनेको छ, “इजरायलसँगको युएईको सम्बन्ध सार्वजनिक, औपचारिक र अब्राहम सम्झौताअनुसार सञ्चालन भइरहेको छ । यो कुनै अपारदर्शी वा गोप्य व्यवस्थामा आधारित छैन ।” युएईले आफ्नो भूमिमा इजरायली सैन्य प्रतिनिधिमण्डल उपस्थित भएको विषयलाई समेत अस्वीकार गरेको छ । यो विवादास्पद दाबी अमेरिकी राजदूत माइक हुकाबीले इजरायलले युएईमा आइरन डोम हवाई सुरक्षा प्रणाली र त्यसका कर्मचारी पठाएको खुलासा गरेको एक दिनपछि सार्वजनिक भएको हो ।

हुकाबीले इजरायलले युएईलाई इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट जोगाउन प्रतिरक्षा सहयोग उपलब्ध गराएको बताउनुभएको थियो । गत महिना युद्धविराम घोषणा भए पनि युएईले अझै इरानी ड्रोन र क्षेप्यास्त्र हमलाको जोखिम सामना गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताबिच युएईले आफू व्यापार र लगानीका लागि सुरक्षित रहेको सन्देश दिन खोजिरहेको विश्लेषण गरिएको छ ।

गत सातामात्र डब्लुएएमले नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै खाडी राष्ट्रप्रति ऐक्यबद्धता व्यक्त गर्न युएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक गरेको थियो । सन् २०२० मा भएको अब्राहम सम्झौतामार्फत युएईले इजरायलसँग सम्बन्ध सामान्य बनाएको थियो । त्यसयता दुवै देशबिच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ्दै गएको छ । इजरायलले युद्धका कठिन समयमा पनि युएईसँगको सम्बन्ध थप बलियो बनेको सङ्केत दिन खोजेको देखिन्छ ।

तर इरानले अब्राहम सम्झौताप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । तेहरानले इजरायलले युएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप बारम्बार लगाउँदै आएको छ । सम्बन्ध सामान्यीकरणपछि पछिल्ला वर्षमा इजरायली नेताले पटक–पटक युएई भ्रमण गरेका छन् । यद्यपि युद्धको संवेदनशील अवस्थाबिच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ ।

यसैबिच, इरानले कुवेतसँग अर्को विवाद चर्काएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले कुवेतले चार इरानी नागरिकलाई पक्राउ गरेर ‘क्षेत्रमा कलह फैलाउने प्रयास’ गरेको आरोप लगाउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत ती इरानी नागरिकको तत्काल रिहाइ माग गर्दै इरानले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको चेतावनी दिनुभयो ।

अराघचीले लेख्नुभयो, “यो गैरकानूनी कदम अमेरिकाद्वारा इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको टापु नजिक भएको हो ।” कुवेतले भने मे १ मा पर्सियन खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको बुबियान टापुमा अवैधरूपमा प्रवेश गर्ने प्रयास गर्दा चार जनालाई पक्राउ गरिएको र दुई जना भाग्न सफल भएको जनाएको छ । कुवेती अधिकारीले पक्राउ परेका इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित रहेको आशङ्का गरेका छन् ।

बुबियान टापु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यहाँ मुबारक अल कबीर बन्दरगाह निर्माणाधीन अवस्थामा छ । यो चीनको विश्वव्यापी पूर्वाधार परियोजनासँग जोडिएको छ । युद्धका क्रममा उक्त क्षेत्र इरानी आक्रमणको निशानामा समेत परेको थियो । इरानभित्र मानवअधिकारको विषय पनि फेरि चर्चामा आएको छ । चर्चित मानवअधिकार वकिल नसरीन सोतौदेहलाई पक्राउ गरेको एक महिनापछि जेलमुक्त गरिएको जानकारी अधिकारकर्मी र उहाँकी छोरीले दिएका छन् ।

सोतौदेहलाई अप्रिलमा तेहरानस्थित घरबाट इरानी गुप्तचर अधिकारीहरूले पक्राउ गरेका थिए । उहाँ विशेष गरी महिला अधिकार, कार्यकर्ता र विपक्षी राजनीतिकर्मीको पक्षमा कानूनी लडाइँ लड्दै आएको कारण चर्चित हुनुहुन्छ । अमेरिकास्थित मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले उहाँलाई तेहरानको एभिन जेलबाट जमानतमा रिहा गरिएको जनाएको छ । उहाँकी छोरी मेहरावेह खान्डानले पनि सामाजिक सञ्जालमार्फत रिहाइको पुष्टि गर्नुभएको छ ।

इरानको अर्धसरकारी आइएसएनए समाचार एजेन्सीले समेत सोतौदेह रिहा भएको समाचार दिएको छ । सोतौदेह यसअघि पनि पटक-पटक जेल परिसक्नुभएको छ । उहाँका पति तथा मानवअधिकार कार्यकर्ता रेजा खान्डानले पनि विभिन्न अभियोगमा जेल सजाय भोगिरहनुभएको छ । त्यसै गरी, नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीको स्वास्थ्य अवस्थालाई लिएर पनि चिन्ता बढेको छ ।

उहाँ जेलमा बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । ५३ वर्षीया मोहम्मदी मे १ मा इरानको जेलभित्रै बेहोस भएपछि उत्तरपश्चिमी इरानको अस्पतालमा लगिएको थियो । पछि जमानतमा रिहा गरिएपछि उहाँलाई तेहरानको अस्पतालमा सारिएको थियो । उहाँको फाउन्डेसनका अनुसार विशेषज्ञ चिकित्सकले मोहम्मदीको रक्तनलीसम्बन्धी रोग गम्भीर बन्दै गएको निष्कर्ष निकालेका छन् ।

चिकित्सकले कम्तीमा आठ महिनासम्म नियमित उपचार आवश्यक पर्ने बताएका छन् । मोहम्मदीलाई सन् २०२३ मा जेलमै रहेका बेला नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँले वर्षौदेखि महिला अधिकार, अभिव्यक्ति स्वतन्त्रता र मृत्युदण्डविरुद्ध अभियान चलाउँदै आउनुभएको छ । उहाँको पछिल्लो गिरफ्तारी गत डिसेम्बरमा उत्तरपूर्वी इरानको मशहाद सहरबाट गरिएको थियो । त्यसयता उहाँले फेरि जेल जीवन बिताइरहनुभएको थियो । रासस/एपी 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

भर्खरै प्रकाशित

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज