Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

Author Avatar साझा न्यूज 14th May 2026 , 2:45 PM
नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नवलपुर, बैशाख ३१ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –६ मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापिठ र गजेन्द्र मोक्ष दिब्यधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ ।

विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताउनुभयो ।

नारायणी बगिरहेको यो ठाउँ निकै साँघुरो भएकाले अत्यन्त असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबन्ध र पर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो । संघीय सरकारको २ करोड १४ लाख रुपियाँ लागतमा चैतदेखि सुरु भएको यो काम यही आर्थिक वर्षभित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ ।

तटबन्ध नहुँदा नारायणीले कटान गर्ने सम्भावना उच्च रहेको तथा तीर्थयात्रीहरुका लागि पनि जोखिम भएकाले पनि तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । यसले धार्मिक पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्ने यो क्षेत्रमा नारायणीकै नदीजन्य पदार्थ प्रयोग गरी तटबन्धको काम भइरहेको भए पनि सबै क्षेत्रसँग समन्वय गर्न निकै समस्या भएको आयोजनाले जनाएको छ । छोटो समयमा परिणाम निकाल्न गाह्रो र चुनौतीपूर्ण भए पनि सकारात्मक सोच र उर्जाका साथ काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।

यहाँ धामभित्र कक्षा १० सम्म पढाइ हुने विद्यापिठमा १४६ जना विद्यार्थी अध्ययनरत रहेका त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो । जसले कक्षा १२ सम्म पठनपाठनका लागि स्वीकृति समेत लिइसकेको छ ।

धाम अवलोकनका लागि पछिल्लो समयमा देश विदेशबाट आउने पर्यटकको संख्या उल्लेख्य बढेको बताइएको छ । प्रपन्नाचार्यका अनुसार खुल्ला सीमा र नाका जोडिएका कारण भारतीय पर्यटकको चहलपहल हुने गरेको छ ।

विशेष मेला लागेको दिन बाहेक यहाँ दैनिक झण्डै पाँच हजार पर्यटक आउने उहाँको भनाइ छ । विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको बताइएको छ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल भएकाले पनि यो धामको विशिष्ट धार्मिक महत्व रहेको प्रपन्नाचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

भर्खरै प्रकाशित

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

युद्धबिच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज