Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

संघर्षबाट सफलतासम्मको प्रेरणादायी यात्रा

Author Avatar साझा न्यूज 14th May 2026 , 6:01 PM
तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

तौलिहवा (कपिलबस्तु), बैशाख ३१ गते । केही वर्षअघि सम्म मायादेवी गाउँपालिका २ भइसकुण्डा निवासी प्रेममती चमारलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता थियो । ठूलो परिवार, सीमित आम्दानी र दैनिक आवश्यकताले उहाँलाई सधैं तनावमा राख्थ्यो । तर अहिले अवस्था फेरिएको छ । आफ्नै मेहनत र तरकारी खेतीको सहाराले उहाँ आत्मनिर्भर बन्नुभएको छ ।
घरायसी प्रयोजनका लागि मात्रै सुरु गरिएको तरकारी खेती अहिले उहाँको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासका कारण प्रेममती अहिले गाउँकै प्रेरणादायी महिला किसानका रूपमा चिनिनुभएको छ ।
प्रेममतीले सुरुमा घर नजिकै सानो जग्गामा तरकारी लगाउनुभएको थियो । परिवारले खाने तरकारी आफैं उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको काम विस्तारै आम्दानीको माध्यम बन्न पुग्यो । “पहिला घरका लागि मात्रै लगाउँथेँ,” उहाँले मुस्कुराउँदै भन्नुभयो, “अहिले यही खेतीले परिवार धान्न सहयोग गरेको छ ।”
विगत तीन वर्षदेखि उहाँ व्यवसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । अहिले उहाँको खेतमा विभिन्न मौसमी तरकारी उत्पादन भइरहेको छ । गाउँमै उत्पादन भएको ताजा तरकारी बिक्री हुन थालेपछि उहाँको आत्मविश्वास पनि बढ्दै गएको छ ।
तरकारी खेती विस्तारका लागि दलित सामाजिक विकास केन्द्र ले ४० हजार रुपियाँ सहयोग गरेको उहाँले बताउनुभयो । संस्थाको सहयोगसँगै आफ्नै लगानी थपेर उहाँले खेतीलाई व्यवस्थित बनाउनुभयो । समय–समयमा तरकारीको बिउ तथा कृषि सामग्री सहयोग पाइरहेको उहाँको भनाइ छ ।
पहिला कोदालो र हातको भरमा खेती गर्दै आएकी प्रेममती अहिले मिनी टिलर (हाते ट्याक्टर) प्रयोग गर्न थालेकी छन् । संस्थाको सहयोगमा प्राप्त उक्त उपकरणले खेती गर्न सहज बनाएको उहाँ बताउनुहुन्छ । “पहिला धेरै दुःख हुन्थ्यो, अहिले काम छिटो र सजिलो भएको छ,” उहाँले भन्नुभयो ।
तरकारी खेतीबाट अहिले उहाँले सबै खर्च कटाएर वर्षमा डेढ लाखदेखि दुई लाख रुपियाँसम्म बचत गर्दै आउनुभएको छ । “महिनामा १० हजारभन्दा बढी बचत हुन्छ,” उहाँले भन्नुभयो, “त्यही पैसाबाट बच्चाको फिस, औषधि उपचार र घरखर्च चलाउने गरेकी छु ।”
प्रेममतीको परिवारमा २५ जना सदस्य छन् । परिवारका सबै सदस्यले खेतीपातीमा सहयोग गर्ने गरेका छन् । परिवारको साथ र आफ्नै मेहनतले जीवनमा परिवर्तन आएको उहाँको अनुभव छ ।
उहाँ अहिले विकास आत्मनिर्भर महिला समूह की कोषाध्यक्ष समेत हुनुहुन्छ । गाउँका अन्य महिलालाई पनि केही न केही काम गरेर आत्मनिर्भर बन्न उहाँ प्रेरित गर्ने गर्नुहुन्छ । “काम सानो–ठूलो हुँदैन, मेहनत गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
युनाइटेड मिसन टु नेपाल र दलित सामाजिक विकास केन्द्र को संयुक्त साझेदारीमा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सीवाईसीसी)’ परियोजनाअन्तर्गत प्रेममतीजस्तै मायादेवी गाउँपालिकाका ३ सय १० जना महिलालाई विभिन्न साना व्यवसाय सञ्चालनमा सहयोग गरिएको परियोजनाका परियोजना अधिकृत जितेन्द्र चौधरीले बताउनुभयो ।
परियोजनाअन्तर्गत महिलाहरूलाई किराना पसल, पशुपालन, तरकारी खेती लगायतका व्यवसायमार्फत स्वरोजगार बन्न सहयोग गरिएको छ । सानो प्रयास, निरन्तर मेहनत र अवसरको सही उपयोग गर्न सके जीवन बदलिन सक्छ भन्ने उदाहरण प्रेममती चमार बनेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

भर्खरै प्रकाशित

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज