Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

Author Avatar साझा न्यूज 15th May 2026 , 3:11 PM
सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

कपिलबस्तु, जेठ १ गते । जिल्लाको मायादेवी गाउँपालिकामा सञ्चालित ‘सुधारिएको खाद्य प्रणाली परियोजना’ अन्तर्गत भएका गतिविधिको पालिका स्तरीय अनुगमन गरिएको छ । वि.एम.जेड र डब्लु.एच.एच.को आर्थिक तथा प्राविधिक सहयोगमा फरवार्ड नेपाल र कालिका स्वालम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित परियोजनाअन्तर्गत भएका कार्यक्रमको संयुक्त अनुगमन गरिएको हो ।
पालिका स्तरीय परियोजना सल्लाहकार समितिको सहभागितामा गरिएको अनुगमनका क्रममा वडा नं. १ पिचुर्खीमा रहेको पोषण बगैचा, वडा नं. २ अभिराममा निर्माण गरिएको ह्यान्ड पम्प चौतारो, वडा नं. ४ मा उद्यमशीलता तालिमपछि सञ्चालनमा आएको “जे के फास्ट फुड” तथा वडा नं. ७ बनकसिहामा सञ्चालन भइरहेको मासु पसल व्यवसायको अवलोकन गरिएको थियो ।
अनुगमनपछि बोल्दै मायादेवी गाउँपालिकाका अध्यक्ष वालिउँद्दिन मुसलमानले परियोजनाले ग्रामीण समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले “परियोजनाले स्थानीय नागरिकलाई स्वरोजगारसँग जोड्नुका साथै पोषण, सरसफाइ र आयआर्जनका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ,” भन्नुभयो। अध्यक्ष मुसलमानले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन गाउँपालिकाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले परियोजनाले समुदायमा व्यवहारिक र दिगो प्रभाव पारेको बताउनुभयो । उहाँले “स्थानीय आवश्यकतालाई आधार बनाएर सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी देखिएका छन् । विशेषगरी महिलाहरू र विपन्न समुदायको आर्थिक सशक्तीकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेलेको छ,” भन्नुभयो ।
अनुगमन कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, कोषाध्यक्ष प्रविण कुमार श्रीवास्तव, मायादेवी गाँउपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोकचन्द्र लम्सालले परियोजनाको प्रगति तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज