कपिलवस्तु, जेठ ३ गते । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. १ स्थित एक विद्यालयले अतिक्रमित जग्गा खाली गर्न सात दिने सुचना जारी गरेको छ । मायादेवी गाँउपालिकाको सेमरौटीमा रहेको श्री सरस्वती आधारभूत विद्यालयले अतिक्रमित जग्गा खाली गर्न सुचना जारी गरेको हो ।
अतिक्रमित जग्गा खाली गर्न मायादेवी गाँउपालिका, गृह मन्त्रालय, संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयबाट प्राप्त कागजात र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको स्थानिय तहको सम्पत्ति संरक्षण सम्बन्धि व्यवस्था अन्र्तगत उक्त सूचना जारी गरीएको छ ।
विद्यालय प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको दायित्व भएकाले विद्यालयको जग्गा जोगाउन स्थानीयवासी, अभिभावक तथा सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरेको जनाएको छ ।
विद्यालयले आफ्नो स्वामित्वमा रहेको साविक पकडी गाविस ६ क कित्ता नं. ३५०, १–११–१५ क्षेत्रफललमा अतिक्रमण गरी बनाएको घर टहरा सात दिन भित्र खाली गर्न निर्देशन दिइएको प्रधानाध्यापक प्रभु यादवले बताउनुभयो ।
तोकिएको समयमा खाली नगरेमा विद्यालयद्धारा प्रचलित कानुन बमोजिम अतिक्रमित जग्गा खाली गर्ने र खाली गर्दा लाग्ने खर्च सम्बन्धित पक्षबाट असुल गर्ने विद्यालयका प्रधानाध्यापक प्रभु यादवले बताउनुभयो ।

















































