Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

Author Avatar साझा न्यूज 31st May 2026 , 1:48 PM
बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

काठमाडौं, जेठ १७ गते। बुद्ध परिपथ क्षेत्रका चार नगरपालिकामा पर्यटन तथा पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) अन्तर्गत सहायक सम्झौता सम्पन्न भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग मा आयोजित विशेष समारोहमा ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना सम्बन्धी सहायक सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतामा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल ले हस्ताक्षर गर्नुभयो। विभागका तर्फबाट महानिर्देशक रवीन्द्र बोहरा ले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।

समारोहमा विभागका उपमहानिर्देशक एकराज अधिकारी, परियोजना निर्देशक लीला खतिवडा लगायत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर तथा परियोजनासँग सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।

परियोजनाअन्तर्गत नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संघ (IDA) सँग गरेको वित्तीय सम्झौताअनुसार ग्रेटर लुम्बिनी क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवा सुधार, स्थानीय रोजगारी प्रवर्द्धन र क्षेत्रीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ। परियोजनाको कार्यान्वयन जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ।

सम्झौताअनुसार स्थानीय तहहरूको संस्थागत क्षमता अभिवृद्धि, पर्यटन तथा शहरी पूर्वाधार विकास, सम्पदा–संवेदनशील तथा जलवायु–उत्थानशील डिजाइन, विश्व बैंकको मापदण्डअनुसार खरिद तथा वित्तीय व्यवस्थापन, नागरिक सहभागिता, वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा बोल्दै उपमहानिर्देशक एकराज अधिकारी ले बुद्ध परिपथ क्षेत्रका नगरपालिकाबीचको सहकार्यले लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकासमा नयाँ आयाम थप्ने बताउनुभयो। उहाँले स्थानीय पूर्वाधार सुधारसँगै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन सेवा विस्तार र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल ले बुद्धसँग सम्बन्धित ऐतिहासिक नगरहरूलाई एउटै विकास अवधारणामा जोड्ने प्रयासका रूपमा GLAD परियोजना महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले परियोजनाबाट पर्यटन पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नुभयो।

सम्झौतासँगै बुद्ध परिपथ क्षेत्रमा रहेका लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह सहितका बौद्ध सम्पदा क्षेत्रलाई जोडेर समग्र पर्यटन विकास गर्ने लक्ष्यलाई थप संस्थागत आधार प्राप्त भएको जनाइएको छ।

विगत केही वर्षदेखि बुद्ध परिपथ क्षेत्रका नगरपालिकाबीच हुँदै आएको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै उक्त परियोजनाले क्षेत्रीय पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज