Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

Author Avatar साझा न्यूज 1st June 2026 , 7:11 PM
राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

वर्षौंदेखि खानेपानीबाट वञ्चित कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरमा रहेका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। कपिलवस्तु नगरपालिका वडा नं. १ को ४ लाख लगानीमा राजपुरका दलित तथा अति विपन्न बस्तीमा खानेपानी धारा जडान गरिएको हो।

सय घर रहेको राजपुर गाउँमा वर्षौँअघि जडान गरिएको एउटै सार्वजनिक धाराबाट गाउँवासीले पानीको जोहो गर्दै आएका थिए। हुनेखाने केही परिवारले भने आफ्नै खर्चमा धारा जडान गरेका छन्। राजपुर गाउँमा अधिकांश दलित र अति विपन्न परिवार छन्।

वडा अध्यक्ष जाहिद खाँले वर्षौंदेखिको खानेपानी समस्यालाई मध्यनजर गर्दै निःशुल्क खानेपानी धारा जडान गरिएको बताए। ३९ घरपरिवारमा खानेपानी धारा जडान गरी स्वच्छ तथा सहज खानेपानीको पहुँच सुनिश्चित गरिएको उनले बताए। चार वर्षमा आफ्नो वडामा गरेका काममध्ये यो नै उत्कृष्ट काम रहेको उनले बताए।

“स्वच्छ खानेपानी खानपाउनु नागरिकको अधिकार हो, त्यसैका लागि राजपुरमा धारा जडान गरिएको हो,” उनले भने।

अब न्यूनतम १ सय १० रुपैयाँ मासिक तिरेर १० हजार लिटर पानी उपभोग गर्न पाउनेछन्। आफ्नो घरमै धारा जडान भएपछि हर्षित भएकी किस्तावती पासीले अब पानीको समस्या हल भएको बताइन्। गाउँमै रहेको एउटै सार्वजनिक धाराबाट पानीको व्यवस्था गर्न धेरै कठिन भएको स्मरण गर्दै उनले अब परिवारलाई धेरै सहज भएको बताइन्। स्वच्छ पानी पिउन, नुहाउन, भाँडा माझ्न र कपडा धुन अब धेरै सहज भएको उनले बताइन्।

गाउँकै विपन्न चिन्का पासीले निःशुल्क धारा जडानले पानीको ठूलो समस्या समाधान भएको बताए। “गाउँमा वर्षौंदेखि पानीको ठूलो समस्या थियो, अहिले वडाले समाधान गरेको छ,” उनले भने।

वडा अध्यक्ष खाँले विपन्नताका कारण खानेपानी धारा जडान गर्न नसकेका विपन्न परिवारलाई आगामी दिनमा समेत निःशुल्क धारा जडान गर्ने कार्य जारी राख्ने बताए। उनले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै वडा कार्यालय सधैं जनसेवामा प्रतिबद्ध रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज