Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

Author Avatar साझा न्यूज 19th July 2026 , 7:03 PM
कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

तौलिहवा(कपिलबस्तु), साउन ३ गते । प्राचीन कपिलबस्तुमा ३१ औं राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ । भगवान् गौतम बुद्धको बाल्यकालसँग जोडिएको ऐतिहासिक तिलौराकोटमा आगामी मंसिर ११ र १२ गते उक्त सम्मेलन हुने भएको छ । सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्थानीय मूल आयोजक समितिले सम्मेलनलाई कपिलवस्तुको प्रतिष्ठा र गौरवसँग जोडिएको ऐतिहासिक अवसरका रूपमा सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।
भृकुटी सामुदायिक सिकाइ केन्द्र, बुद्धभूमि नगरपालिका ४ को नेतृत्वमा गठित स्थानीय मूल आयोजक समितिका संयोजक मिनराज बेलबासेले सम्मेलनले बालसाहित्यको विकाससँगै कपिलवस्तुको ऐतिहासिक, पुरातत्विक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बालसाहित्य समाजद्वारा जारी प्रेस वक्तव्यअनुसार वि.सं. २०४४ सालदेखि निरन्तर आयोजना हुँदै आएको राष्ट्रिय बालसाहित्य सम्मेलन यस वर्ष बुद्धकालीन राजधानी तिलौराकोटमा आयोजना हुन लागेको हो । सम्मेलनमा नेपालका विभिन्न जिल्लाका साथै एसियाका सात देशबाट करिब १५ जना साहित्यकार तथा कलाकार, देशभरका ५० जना विशिष्ट स्रष्टा र कपिलवस्तुका करिब ५०० विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी बालकथा, कविता, निबन्ध, समीक्षा लेखन, चित्रकला, हस्तलेखन, अभिनय तथा नृत्य प्रशिक्षण कार्यशाला सञ्चालन गरिनेछ । साथै पुस्तक प्रदर्शनी, नयाँ पुस्तक लोकार्पण, प्रभातफेरी, सांस्कृतिक कार्यक्रम, बालसाहित्य सम्बन्धी अन्तरक्रिया, तिलौराकोट दरबार अवलोकन तथा समापन समारोहमा पुरस्कार वितरण र ‘कपिलवस्तु घोषणापत्र’ जारी गरिने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै पदम परवासीले सम्मेलनले बालबालिकामा पठन संस्कार, सिर्जनशीलता र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नव साहित्य समाज कपिलवस्तुका अध्यक्ष पशुपति मणि त्रिपाठीले सम्मेलन कपिलवस्तुको साहित्यिक इतिहासमा महत्वपूर्ण उपलब्धि हुने बताउँदै यसको सफलताका लागि सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साहित्यकार हरिराज शर्माले सम्मेलनलाई कपिलवस्तुको प्रतिष्ठा र पहिचानसँग जोडिएको कार्यक्रमका रूपमा लिनुपर्ने बताउँदै यसले जिल्लाको साहित्य, इतिहास र पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
संयोजक बेलबासेले बालबालिकाको क्षमता र प्रतिभाको पहिचान गरी उनीहरूलाई सिर्जनशील वातावरण उपलब्ध गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार सम्मेलन सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा सात लाख रुपैयाँ नेपाल बालसाहित्य समाज केन्द्र र पाँच लाख रुपैयाँ स्थानीय आयोजकले व्यवस्थापन गर्नेछन् ।
कार्यक्रममा सहत्यिकार एवम् विभिन्न मिडियका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

वन संरक्षणमा सहकार्यको जोड

वन संरक्षणमा सहकार्यको जोड

भर्खरै प्रकाशित

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज