Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

Author Avatar साझा न्यूज 24th July 2026 , 8:38 PM
नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज, साउन ८ गते । पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब १३ प्रतिशत र निर्यात करिब १० प्रतिशतले वृद्धि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आवमा यस नाकाबाट ८७ अर्ब नौ करोड चार लाख ५३ हजार रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ७७ अर्ब ५७ करोड ७३ लाख ६२ हजार रुपियाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात १० अर्ब रुपियाँभन्दा बढीले वृद्धि भएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा नेपालगन्ज नाकाबाट तीन अर्ब ५१ करोड १० लाख ७८ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवमा ३ अर्ब २० करोड ८२ लाख ५२ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवमा निर्यात करिब ३१ करोड रुपियाँले बढेको हो ।

नेपालगन्ज नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेका तथा नदलेका दाल, कपडा, मकै, अन्य खाद्यान्न, चिनी, तरकारी तथा फलफूललगायत विभिन्न मेसिनरी सामान रहेका छन् ।

यसैगरी निर्यात हुने प्रमुख वस्तुमा जडीबुटी, खोटो (रोजिन), तार्पिन तेल, काजुको बोक्रा (हस्क), अदुवा, सुठो, खरेटोरकुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट रहेका छन् ।

भन्सार प्रमुख पौडेलका अनुसार खयर, कत्था, वनस्पतिजन्य सार, एसेन्सियल आयल, रिठ्ठा तथा नौनी घ्युको निर्यातसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ ।

उहाँले आयात–निर्यात दुवै बढे पनि राजस्व सङ्कलन भने अघिल्लो आवको तुलनामा केही घटेको बताउनुभयो । गत आवमा नेपालगन्ज भन्सार कार्यालयले २० अर्ब ११ करोड ५५ लाख एक हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा भने २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज