Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

Author Avatar साझा न्यूज 30th July 2026 , 9:13 PM
सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहा लगायतका स्थानमा घटेका घटनालाई लिएर देशवासीका नाममा सम्बोधन गर्नुभएको छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले केही दिनअघि भएका दुःखद् घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभयो। उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री शाहले घाइतेको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी दिनुभयो। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उहाँले सो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाउनुभयो।

स्थानीय स्तरमा स्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई खटाइएको तथा गृहमन्त्री स्वयं घटनास्थल पुग्नुभएको उहाँले बताउनुभयो। साथै देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णय गरिएको र स्थिति सामान्यीकरणका लागि केन्द्रमा सर्वदलीय बैठकका साथै स्थानीय तहमा निरन्तर संवाद भइरहेको उहाँले स्पष्ट पार्नुभयो।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री सम्प्रेषण नगर्न अपिल गर्दै प्रधानमन्त्री शाहले सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभएको छ। नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भावको जगेर्ना र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व भएको उहाँले स्मरण गराउनुभयो।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने प्रधानमन्त्रीले बताउनुभयो। कुनै एक स्थानमा भएको घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसङ्गत नहुने उहाँको भनाइ थियो।

शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौँ वर्ष पुरानो सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी दिँदै प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्य र संयमता अपनाएर राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ।

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।

१) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

२) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।

३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।

४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।

५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।

६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।

८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।

९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

१०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

११) हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।

१२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।

१३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के  रहल छी।

धन्यवाद।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भर्खरै प्रकाशित

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज