Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

Author Avatar साझा न्यूज 30th July 2026 , 9:26 PM
चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

तौलिहवा(कपिलबस्तु), साउन १४ गते । कपिलवस्तु अस्पतालका डाक्टरहरूको लापरवाहीले कपिलवस्तु नगरपालिका ७ धमौलीकी सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयबासीले अस्पताल र प्रशासन अगाडी बिरोध प्रर्दशन गरेका छन् । ३० वर्षीय चनरमती यादवको अप्रेशन गरी गत साउन ७ गते अस्पतालमा सकुशल बच्चा जन्माइएको थियो । सुत्केरी महिलालाई पिसाब फेर्न समस्या आए पछि अस्पतालले डाक्टरहरुको सल्लाह अनुसार महिलालाई थप उपचारका लागि भैरहवामा मेडीकल कलेज पठाएको थियो ।
त्यहा उनको ४ दिन सम्म उपचार भएको थियो । उपचारको क्रममा मृगौलामा समस्या देखिए पछि २ पटक श्रमितिको डायलिसिस गरिएको मृतकका श्रीमान राजेश यादवले बताउनुभयो । ३ दिन अघि श्रीमतिको मृत्यु भएको उहाँले बताउनुभयो । उहाँले श्रीमतिको उपचारमा कपिलवस्तु अस्पतालका डाक्टरले लापरबाही गरेको र अप्रेशन गर्दा मृगौला तर्फको नशा काटिएकाले यस्तो समस्या आई अनाहकमा श्रीमितिले ज्यान गुमाउनु परेको उहाँको भनाई छ ।
उहाँले आफ्नो ३ वटा सन्तान सामान्य अवस्थमा नै बच्चा जन्मेको र अहिले भने डाक्टरको लापरवाही देखिएको बताउनुभयो । मृतकको शव एम्बेलेन्स मै राखेर अस्पताल र प्रशासन कार्यालयमा बिरोध प्रर्दशन गरिएको थियो । प्रर्दशनकारीले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग गरेका छन् । उनीहरुले डाक्टर बिरुद्ध नाराबाजी समेत गरेको थिए ।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमका अनुसार घटनाबारे आवश्यक कारवाहीका लागि नेपाल मेडिकल काउन्सिलमा पठाइएको बताउनुभयो । मेडिकल काउन्सिलको प्रतिबेदन अनुसार प्रक्रिया अगाडी बढाइने उहाँको भनाई छ ।
कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेंडेंट डा.किशोर बन्जाडेले मृतक महिलाको अप्रशेन पछि समेत अवस्था सामान्य रहेकोमा पिसाब फेर्न समस्या आए पछि थप उपचारका लागि रिफर गरिएको बताउनुभयो ।
मेडीकल कलेजमा समेत ४ दिन सम्म उपचार भएको थियो । मृतक महिलाको शवको पोस्मर्टम लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको थियो । ३ दिन सम्म शवको पोस्मर्टम हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भर्खरै प्रकाशित

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज