Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

Author Avatar साझा न्यूज 31st July 2026 , 5:37 PM
कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

दाङ, साउन १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभएको हो।

राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । “गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा कमजोरी छ कि, त्यसको समीक्षा गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “ढलान गर्नुपर्ने ठाउँमा कालोपत्रे गरेका छौं कि रु पहाडी क्षेत्रमा कालोपत्रे सडक टिकिरहेका छैनन् ।”

मुख्यमन्त्री आचार्यले तराई र पहाडका भौगोलिक अवस्थाअनुसार फरक विकास मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । पहाडी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरेर कम खर्चमा बढी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभयो । उहाँले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायीबाट प्रभावित नभई कानुन र मापदण्डअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचारप्रसारसमेत आवश्यक रहेको उल्लेख गर्दै २०७४ सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सभाबाट स्वीकृत विनियोजन ऐन, बजेट कार्यान्वयन मार्गदर्शन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना आयोजना धेरै बनाउने प्रवृत्ति अन्त्य गरी आयोजना संख्या घटाउने र बजेटको आकार बढाएर प्रभावकारी आयोजना कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेशको सडक गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै आयोजनालाई आयोजना बैंकमा प्रविष्ट गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । बहुवर्षीय आयोजनालाई समेत स्पष्ट प्राथमिकतासहित अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले विकास आयोजनाको प्रगति प्रत्येक तीन महिनामा समीक्षा गरिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नियमित समीक्षा र अनुगमनबाट आयोजनाको गुणस्तर तथा समयमै सम्पन्न हुने अवस्था सुनिश्चित गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका अधिकारी, विभिन्न निकायका प्रमुख तथा सरोकारवालाले आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका लागि गुणस्तरीय, दिगो र परिणाममुखी पूर्वाधार विकासमा जोड दिएका थिए । आयोजना बैंकलाई प्रभावकारी बनाउँदै योजना छनोट, कार्यान्वयन र अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो ।

समयअघि आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगाडि सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लाका आयोजना समयअगावै सम्पन्न गर्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो ।

जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे.भिका सन्तोष केसी, एसियाटिक–लुम्बिनी जे।भी। बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जेभि रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठ, शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका राजविर घर्तीमगर, भगवती (अलकापुरी) आरएजेभी तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्राली गुल्मीका भागवत गिरी, पिएसिएल लाइनियर जेभि बुटवलका ऋषिराम अधिकारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

भर्खरै प्रकाशित

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज