Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

Author Avatar साझा न्यूज 28th August 2026 , 7:52 PM
बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

तौलिहवा (कपिलबस्तु), भदौ १२ गते । विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थना गरिएको छ ।

पावन पूर्णिमाको अवसरमा आयोजित प्रार्थनामा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको हो ।

साथै, बेपत्ता भएकाहरू सकुशल फेला परून्, घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् र प्रभावित परिवारले दुःखको यस घडीमा आवश्यक सहयोग र साथ प्राप्त गरून् भन्ने कामना गरिएको छ ।

भिक्षु–भिक्षुणी, गुरु तथा लुम्बिनी विकास कोषका कर्मचारीहरूको उपस्थितिमा शान्ति, करुणा, मैत्रीभाव र मानवताको कामना सहित प्रार्थना गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताउनुभयो ।

प्राकृतिक विपद्ले निम्त्याएको दुःखद परिस्थितिमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै भगवान् बुद्धको करुणा, मैत्री र मानवताको सन्देशले पीडित मनहरूमा शान्ति र आशा प्रदान गरोस् भन्ने प्रार्थना गरिएको उहाँले बताउनुभयो ।

निमित्त सदस्य सचिव राईले विपद्को घडीमा पीडित परिवारलाई आवश्यक सहयोग, साथ र हौसला प्रदान गर्नु सबैको दायित्व भएको बताउँदै बेपत्ता भएकाहरूको सकुशल उद्धार र प्रभावित परिवारको शीघ्र पुनःस्थापनाको कामना गर्नुभयो ।

प्रार्थनामा बाढीबाट प्रभावित सम्पूर्ण परिवारमा साहस र धैर्य प्राप्त होस् तथा विपद्को पीडाबाट मुक्त भई सामान्य जीवनमा फर्कन सकून् भन्ने कामना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

वासस्थान हराएसँगै हराउन थाले परेवा

वासस्थान हराएसँगै हराउन थाले परेवा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा बाढीपीडितको सम्झनामा प्रार्थना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्या बचतको ५१ हजार सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा ५१ हजार सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज