Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

Author Avatar साझा न्यूज 2nd September 2026 , 3:35 PM
गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मी, भदौ १७ गते। गुल्मीको सदरमुकाम तम्घासस्थित नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले एक वर्षमा ४१ हजारभन्दा बढी नागरिकको आँखा उपचार गरेको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा यस संस्थाले ४१ हजार ९३४ जनाको आँखा जाँच गरेको बताइएको हो । आँखा उपचार सेवालाई नागरिकको पहुँचमा पु¥याउन यस शाखाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका अनुसार गतवर्ष जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र र यस जिल्लामा रहेका विभिन्न छ आँखा उपचार केन्द्रबाट २३ हजार ६७८ र बाह्य विभिन्न शिविरबाट पाँच हजार ५०७ जनाको आँखा जाँच गरिएको छ । आँखा उपचार केन्द्रहरुबाट एक हजार २७८ जनालाई कान उपचार सेवा समेत प्रवाह गरिएको थियो । त्यसैगरी जिल्लाका विभिन्न विद्यालयमा पुगेर १२ हजार ७४९ जना विद्यार्थीको आँखा जाँच गरिएको हो ।

गतवर्ष विद्यालय विद्यार्थी आँखा जाँच कार्यक्रमअन्तर्गत २९१ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । एक वर्षमा ६१९ जनाको मेजर अप्रेशन र २० जनाको आँखाको माइनर अप्रेशन गरिएको हो । गतवर्ष सदरमुकाम बाहिर आठ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । सेभा फाउन्डेशन, डाक नेपाल लगायतका अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा नेपाल नेत्रज्योति संघको केन्द्रीय र प्रदेश समिति एवम् लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको मार्गनिर्देशन बमोजिम गुणस्तरीय सेवा प्रदान गरिएको गरिएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेयले बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले नागरिकको आँखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि दश स्थानीय तहसँग सम्झौता गरेको छ । गतवर्ष सम्झौता गरेका नौ स्थानीय तहका २४३ जना नागरिकले सेवा लिनुभएको छ । दुई नगरपालिका र दश गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिकाका ६७ जना, इस्मा गाउँपालिकाका ४० जना, गुल्मीदरबार गाउँपालिकाका ५१ जना, छत्रकोट गाउँपालिकाका ३७ जना, रुरुक्षेत्र गाउँपालिकाका १३ जना, धुर्कोट गाउँपालिकाका २५ जना र सत्यवती गाउँपालिकाका पाँच जना, चन्द्रकोट गाउँपालिकाका चार जना र मदाने गाउँपालिकाका एक जनाले शल्यक्रियाका सेवा लिनुभएको छ ।

यस संस्थमा स्वास्थ्य बिमा सेवा लागू भएको छ । स्वास्थ्य बिमा गरेका सेवाग्राहीले बिमा वोर्डको निमयअनुसार २० प्रतिशत भुक्तानी स्वयम् आफैले गर्ने गरेको केन्द्रले जनाएको छ । लक्षित समूहले भुक्तानी गर्नुपर्दैन । निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेका पालिकाहरुले स्वास्थ्य बिमा गरेका नागरिकहरुको २० प्रतिशत भुक्तानी पालिकाले नै बेहोरेको छ । २०४७ सालमा स्थापना भएको यस शाखाले छिमेकी जिल्ला बागलुङ र अर्घाखाँचीका आँखाका बिरामीलाई समेत सेवा प्रदान गर्दै आएको छ । यहाँबाट नाम दर्ता, ओपिडी सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिन्छ ।

जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा बिन्दु मानेका नागरिकले रेफर लिएर सेवा प्राप्त गर्न सक्छन् । नेत्रज्योति संघद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको नेपाल नेत्र ज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । नेपाल नेत्रज्योति संघ जिल्ला शाखाअन्तर्गत जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित सात वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । जसमा कालिगण्डकी, रिडी, वामी, शान्तिपुर, सिमलटारी र पुर्कोटदहमा आँखा उपचार केन्द्र सञ्चालन रहेका छन् ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखाअन्तर्गत जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित कालिगण्डकी, रिडी, वामी, शान्तिपुर, सिमलटारी र पुर्कोटदहमा गरी सात वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेका अनुसार जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरी नागरिकको पहुँचमा आँखा उपचार सेवा पुर्‍याउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज