Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्कुटर दुर्घटनामा एकको मृत्यु

Author Avatar साझा न्यूज 16th September 2026 , 6:24 PM
स्कुटर दुर्घटनामा एकको मृत्यु

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडकखण्डमा स्कुटर र ई–स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार अपराह्न करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको लु.३ त ७३८३ नम्बरको ट्र्याक्टरलाई ओभरट्याक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको ई–स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी २७ वर्षीय रुद्रनारायण थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भीर घाइते भएका थारूलाई उपचारका लागि पिपरा अस्पताल लगिएकोमा चिकित्सकले अपराह्न ४ः५० बजे मृत घोषणा गरेका थिए । मृतकको पहिचान उनका दाजु र आमाले गरेका थिए ।

दुर्घटनामा ट्र्याक्टर चालक बाणगंगा नगरपालिका–११ मैरी निवासी ३५ वर्षीय बमबहादुर चौधरी र ई–स्कुटर चालक बाणगंगा नगरपालिका–८ बोडगाउँ निवासी ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । घिमिरेको दाहिने खुट्टामा चोट लागेको र युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारीसाधन र ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज