कपिलवस्तु । पत्रकार गोपाल भण्डारीलाई नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ।
लोकतन्त्र, समाजवाद र प्रेस स्वतन्त्रताप्रति पूर्ण समर्पित रही कपिलवस्तु जिल्लाको पत्रकारिता क्षेत्रमार्फत समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै भण्डारीलाई स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको हो।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले प्रदान गरेको सम्मान–पत्रमा भण्डारीले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत पत्रकारिता क्षेत्रको उज्ज्वल भविष्यका लागि निरन्तर योगदानको अपेक्षा गरिएको उल्लेख छ।
पत्रकार भण्डारी साझा न्युजका संपादक र एभिन्युज खबर टेलिभिजनका वरिष्ठ संवाददाता समेत हुन्। स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममार्फत कपिलवस्तुका सामाजिक, राजनीतिक, विकास निर्माण तथा समसामयिक विषयलाई निरन्तर समाचारका रूपमा प्रस्तुत गर्दै आएका छन्।
















































