Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

Author Avatar साझा न्यूज 23rd September 2026 , 3:11 PM
प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

कपिलवस्तु, असोज ७ गते । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको अध्यक्षमा खगप्रसाद चापागाईं पुनः सर्वसम्मत चयन हुनुभएको छ । शाखाको १३ औँ साधारणसभा तथा ८औँ शाखा अधिवेशनबाट चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनले महिला उपाध्यक्षमा पूजा गुप्ता, उपाध्यक्षमा अशोक पौडेल, सचिवमा अंकुश श्रीवास्तव, कोषाध्यक्षमा ब्रिजेस जयसवाल र सहसचिवमा बसन्ता भुसाललाई चयन गरेको छ । सदस्यमा सुग्रीम बरई, सुवास पौडेल, बसन्त बन्जाडे, सुधांशु गिरी, अनिल कुमार माली, रामाशंकर तिवारी, कृष्ण कुमार यादव, नवीन भुसाल र नन्दकिशोर कुर्मी लगायत चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्न पत्रकारले आचारसंहितामा रहेर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । पत्रकारले समाजमा हुने अन्याय र अत्याचारका विषयमा आवाज उठाउँदै सत्यतथ्यलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
संविधानसभा सदस्य अतहर कमालले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले निष्पक्षता र जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले पत्रकारले सत्य र तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताउँदै समाजका विकृति, विसङ्गति तथा अन्यायविरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । पत्रकारको काम, कर्तव्य र अनुभवले नै पत्रकारिताको महत्त्व स्थापित गर्ने उहाँको भनाइ छ ।
बुद्धभुमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले पछिल्लो समय सञ्चारमाध्यम तथा मिडिया हाउसहरू चुनौतीपूर्ण अवस्थामा रहेकाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र सक्षम बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । पत्रकारमा व्यावसायिक स्वच्छता र जिम्मेवारी हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वपार्टी सभापति राजेश आचार्य, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डे, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, प्रेस युनियन रुपन्देहीका सचिव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले प्रदान गर्ने ‘स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार गोपाल भण्डारी र राजु खराललाई सम्मान गरिएको थियो ।
शाखाका उपाध्यक्ष गणेश पोखरेलले स्वागत गर्नुभएको कार्यक्रम अध्यक्ष खगप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

भर्खरै प्रकाशित

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज