Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

Author Avatar साझा न्यूज 24th September 2026 , 6:06 PM
स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कपिलवस्तु, असोज ८ गते । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन वार्षिक बीमा योगदान रकमको आधा हिस्सा व्यहोर्ने भएको छ । यससम्बन्धी नगरपालिकाले स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क शाखा कार्यालय कपिलवस्तुसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार पाँच जनासम्मको परिवारका लागि लाग्ने वार्षिक रु. ३ हजार ५ सय बीमा शुल्कमध्ये रु. १ हजार ७ सय ५० नगरपालिकाले व्यहोर्नेछ । बाँकी रकम भने सम्बन्धित बीमित परिवारले तिर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको थप बीमा शुल्क पनि परिवार आफैँले व्यहोर्नुपर्नेछ ।

नगर प्रमुख सुदीप पौडेलले आर्थिक अवस्थाका कारण स्वास्थ्य बीमामा आबद्ध हुन नसकेका परिवारलाई समेत समेट्ने उद्देश्यले नगरपालिकाले बीमा शुल्कमा योगदान गर्ने निर्णय गरेको बताउनुभयो । “स्वास्थ्य सेवामा सबै नगरवासीको समान पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमालाई विस्तार गर्न खोजिएको हो,” उहाँले भन्नुभयो ।

स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका प्रमुख वशिष्ठ तिवारीले स्थानीय तहबाट बीमा शुल्कमा सहयोग भएपछि स्वास्थ्य बीमामा आबद्ध हुने परिवारको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य उपचारमा लाग्ने खर्चको भार कम गर्न स्वास्थ्य बीमा महत्वपूर्ण भएकाले नगरपालिकाको कार्यक्रमले बीमा पहुँच विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमबाट लाभ लिन इच्छुक नगरवासीलाई सम्बन्धित वडामार्फत आवश्यक प्रक्रिया पूरा गरी कार्यक्रममा आबद्ध हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज