कपिलवस्तु, असोज ९ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा पुलबाट शुक्रबार दिउँसो एक जना पुरुष नदीमा बेपत्ता भएका छन् ।
दिउँसो करिब ३ बजे पुलको उत्तरी किनारबाट नदीमा बेपत्ता भएका पुरुषको लुगा प्रहरीले फेला पारेको छ । अन्दाजी ५० वर्षीय ती पुरुषको पहिचान भने खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरी नदीमा खोजी भइरहेको छ । बेपत्ता पुरुषको अवस्था र पहिचानबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
















































