Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

Author Avatar साझा न्यूज 28th September 2026 , 7:51 AM
बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।

बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँ पुलमा झन्डै १०० मिटर सडक बगाएको छ । पर्वत र बागलुङ जोड्ने मालढुंगाको पुलमा क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिए ।

नयाँ पुलमा सडकको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न केही दिन लाग्ने जनाइएको छ । मालढुङ्गाको पुलमा पर्वतपट्टिको भाग भत्केको छ । जीर्णोद्धार नगरेसम्म उक्त पुलबाट सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए ।

कास्कीलगायत जिल्लाबाट उक्त सडक खण्ड हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग बाध्य भएका छन् ।

ठूला सवारीसाधन भने बीचमा रोकिएका छन् । मध्यपहाडी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वीरूकुम, पश्चिमरूकुमलगायत जिल्ला जाने लामो दूरीका सवारीसाधन पनि सञ्चालन हुन सकेका छैनन् । बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई सास्ती थपिएको छ ।

मालढुंगादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । “फर्से र लस्तीमा गरी दुई तीन ठाउँमा बाढीले सडक कटान गरेको छ”, उनले भने, “केही दिन यस क्षेत्रको यातायात सेवा प्रभावित हुने देखिएको छ ।”

उनका अनुसार जलजला–८ फर्सेको पुरानो बजार बाढीले बगाएको छ ।  बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा रहेका गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए। बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

भर्खरै प्रकाशित

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज